असाध्यै अशुभ मानिने ६ सपना

हामी दिनहु बिभिन्न प्रकारका सपना देख्छौ । राम्रो लागेको सपना पूरा भैदिए हुन्छ भन्छौ र नराम्रो सपना केही नहोस भन्छौ । सपनाको फलका बारेमा थुप्रै विचार र भनाइहरु छन् । यसका बारेमा शास्त्रहरुमा पनि उल्लेख छन् ।

रामायण वा महाभारतमा पनि सपनालाई आउने संकेतको रुपमा लिएको छ । भगवान रामले दशरथको मृत्युको समयमा एक अशुभ सपना देखेर अनुमान लगाएका थिए कि राजभवनमा केही अशुभ हुँदैछ भनेर ।


रावणले पनि आफु मारिनु अघि सपनामा असुभ  संकेत देखेका थिए । शास्त्रअनुसार सपनालाई भविष्यमा हुने घटनाको संकेत मानिन्छ । बिभिन्न सूचकका आधारमा सपनाको संकेत छुट्याइएको हुन्छ ।

Six Bad Dreams

१. काग देख्नु

सपनामा काग देख्नुलाई असुभ फलदायी मानिन्छ । यसलाई मृत्युको संकेत पनि मानिदै आएको छ । यदि सपनामा काग देख्नुभयो भने तपाईले नजिकैको मानिस मुत्यु भएको आदि समाचारहरु सुन्नुपर्ने हुन्छ् ।


२. आफैलाई यात्रा गर्दै गरेको देख्नु

सपनामा आफैलाई यात्रा गर्दै गरेको देख्नु पनि त्यतिको राम्रो मानिदैन । कुनै नराम्रो घटना हुन सक्ने हुँदा जुन दिन सपना देखिएको छ त्यसै दिन यात्रामा जानु छ भने सकेसम्म यात्रा नै स्थगित गर्नु राम्रो मानिन्छ ।


३. बाजा बजाएको  वा कपाल मुण्डन गरेको देख्नु

सपनामा बाजा बजाएको  वा कपाल मुण्डन गरेको देख्नुलाइ पनि राम्रो संकेत मानिदैन । यदि आफ्नै मुण्डन गरेको देख्नुभयो भने त्यसले आफ्नै परिवारको सदस्यको मृत्युको संकेत गर्छ ।


४. सेतो फुलको माला लगाइदिनु

सपनामा कोही महिला आएर तपाईंलाई सेतो फूलको माला लगाइ दिइन भने निकै असुभ हुने संकेतको रुपमा मानिन्छ ।


५. तेल लगाउनु वा गधाको सवारी देख्नु

सपनामा  तेल लगाउनु वा गधाको सवारी देख्नुलाई पनि मृत्युको सुचक मानिन्छ ।


६. सेतो बस्त्र र छरिएको खुल्ला कपालमा महिलालाई देख्नु

कुनै महिला सपनामा सेता वस्त्र र छरिएको कपालमा देखिइन भने यसलाई वियोगका सपना मानिन्छ ।


Post a Comment

Previous Post Next Post

Cookie Policy!

Our Website uses cookies from Google to deliver services and to analyze traffic.

Google Cookie Policy