यस्ता छन् विभिन्न देशका २५ रोचक तथ्यहरू

संसारका विभिन्न देशका आ-आफ्नै ईतिहास, धर्म र परम्परा छन्। सबैलाई सबै देशका बारेमा थाहा नहुन पनि सक्छ र हुन पर्छ भन्ने पनि छैन। तर जानिराखे राम्रो हुने केही यस्ता अनौठा तथ्यहरू छन् जसले तपाईंलाई अचम्मित बनाउँछ। आउनुस् हेरौं २५ अनौठा तथ्यहरू विभिन्न देशका।

different country facts


१. जापान, जोर्डन र स्यान मरिनो यी तीन देशहरूका राष्ट्रगानमा केबल ४-४ लाइन छ ।


२. इटाली र फ्रान्सले विश्वका ४० प्रतिशत रक्सी उत्पादन गर्छन् ।


३. मस्कोमा मौसम पूर्वानुमानकर्ताले यदि गलत पूर्वानुमान गरेमा तिनले जरिवाना तिर्नुपर्ने हुनसक्छ ।


४.  रूस क्षेत्रफलका हिसाबले प्लुटो ग्रहभन्दा पनि ठूलो छ ।


५.  रूस विश्वका यस्तो देश हो, जहाँ एक भागमा दिउँसो अर्को भागमा रात वा साँझ हुन्छ ।


६. रूसमा पुरुषका तुलनका महिलाको संख्या ९ लाखभन्दा बढी छ । त्यहाँ छोरा जन्मे सरकारले सानो पुरस्कारसमेत दिन्छ ।


७. एरिजोजनामा ऊँटको शिकार गर्नु अवैधानिक मानिन्छ ।


८. सिंगापुरमा चुइगम राख्नु वा बेच्नु अवैधानिक छ ।


९. फ्लोरिडामा घोडा चोरी गर्नेलाई फाँसीको सजायसमेत हुनसक्छ ।


१०. पेरूमा पिरामिडहरूका संख्या मिश्रमा भन्दा बढी छ ।


११. स्कटल्यान्डमा सबैभन्दा बढी रातो कपाल हुने मानिसहरू हुन्छन् ।


१२. ब्राजिलका माउन्टेन एक्सिस सडकमा १६० वटा कारहरू साइड-बाइ-साइड अर्थात दायाँ-बायाँ एकै साथ गुड्न सक्छन । यो विश्वकै सबैभन्दा चौडाइ भएको सडक हो ।


१३. हरेक दिन विश्वका कुनै न कुनै देशमा कुनै विशेष दिवसका विदा हुन्छ ।


१४. अफगानिस्तान (Afghanistan) विश्वका एकमात्र यस्तो देश हो, जसका नाम ए बाट सुरू हुन्छ तर ए मै अन्त्य भने हुँदैन ।


१५. अल्बानिया यस्तो देश हो, जहाँ यदि तपाइँले टाउको हल्लाएर हो भन्नु भयो भने त्यसका अर्थ होइन र होइन भन्नुभयो भने हो भन्ने हुन्छ ।


१६. इजरायल विश्वका ती ९ देशमध्येको हो, जोसँग आफ्नै स्याटेलाइट प्रणाली छ, तर यसका प्रयोगले इजरायलले ड्रोन चलाउँछ । इजरायलले आफ्नो स्याटेलाइट प्रणााली अरुसँग बाँडेको छैन ।


१७. इजरायल विश्वको एकमात्र यहुदी राष्ट्र हो ।


१८. इजरायल विश्वका एकमात्र यस्तो देश हो, जहाँ महिलाहरूले अनिवार्य रूपमा सैन्य सेवामा काम गर्नुपर्छ ।


१९. इजरायलमा आइतबारका दिन नाक सफा गर्न पाइँदैन,यसो गरिएमा कारबाही पनि हुनसक्छ ।


२०. अष्ट्रेलियामा विश्वका एकमात्र महाद्वीप हो, जहाँ सक्रीय ज्वालामुखी छैनन ।


२१. अष्ट्रेलियामा कंगारुहरूको संख्या त्यसको कुल बसोबासभन्दा दोब्बर छ ।


२२.अष्ट्रेलियामा हरेक वर्ष १ खर्ब ३५ अर्ब रक्सीका बोतल बनाइन्छ ।


२३. अष्ट्रेलियामा झन्डै १५ करोड भेडा पाइन्छ । यदि त्यहाँ एक वर्षमा उत्पादन भएको ऊनबाट स्कार्फ बनाउन सुरु गरियो भने त्यसले पूरै विश्वलाई बेर्न सकिन्छ ।


२४. साउदी अरबले मासुका लागि  अष्ट्रेलियाबाट ऊँट  आयात गर्छ ।


२५. करिब २५ प्रतिशत अष्ट्रेलियनहरू अन्य देशमा जन्मेका हुन् ।


Post a Comment

Previous Post Next Post

Cookie Policy!

Our Website uses cookies from Google to deliver services and to analyze traffic.

Google Cookie Policy