अन्तर्राष्ट्रिय विद्यार्थी डिपोर्ट गर्न अष्ट्रेलिया सरकारलाई दबाब

अष्ट्रेलियाको संघिय सरकारलाई अन्तर्राष्ट्रिय विद्यार्थीलाई डिपोर्ट गर्न दबाब परेको छ। ‘घोष्ट कलेज’ भनिने पढाई नहुने तर अन्तर्राष्ट्रिय विद्यार्थीलाई भिजाका लागी भर्ना देखी पढाईका सबै गतिविधि कागजमा मात्र सिमित भएका कलेजमा भर्ना भएर अष्ट्रेलियामा विद्यार्थी भिजामा रहेका अन्तर्राष्ट्रिय विद्यार्थीलाई डिपोर्ट गर्नुपर्ने माग चर्को गरेर उठ्न थालेको छ। गत साता मात्र अष्ट्रेलिया सरकारले विद्यार्थी भर्ना गर्ने तर पढाई नगर्ने भिजाका लागी मात्र खुलेका र चलेका घोष्ट कलेज भनिने एकसय ५० कलेजहरू बन्द गरेको थियो। अष्ट्रेलिया सरकारका सीप तथा तालिम मन्त्रि एण्ड्रू गिल्सले वक्तव्य जारी गरेर संचालनमा नरहेका तथा लगातार १२ महिना अध्यापन गरेको प्रमाण देखाउन नसकेका कलेजहरू बन्द गरिएको बताएका छन्। 

international students australia

अष्ट्रेलियाको अष्ट्रेलियन स्किल क्वालिटी अथोरीटि (एस्क्वा)ले थप १४० रजिस्टर्ड ट्रेनिङ अर्गनाईजेसन (आरटिओ) जसलाई कलेज भनिन्छलाई चेतावनी समेत दिएको छ। ति कलेजहरूले यो वर्ष अन्त्य सम्म पनि आफ्नो शिक्षा र तालिमको गुणस्तर सुधार नगरे उनीहरूलाई समेत खारेज गरिदिने चेतावनी सरकारले दिएको छ। 

सरकारको यो कदमसँगै अष्ट्रेलियामा यस्ता घोष्ट भनिने भिजाका लागी मात्र संचालनमा आएका कलेजमा पढ्न भनेर आउने तर अष्ट्रेलियाको पीआर लिन चासो राखेका विद्यार्थीहरूलाई डिपोर्ट गर्नुपर्ने बहस सुरू भएको छ। सरकारलाई दबाब हुने गरेर अष्ट्रेलियाका पत्रकार, विश्लेषक तथा अध्यागमन क्षेत्रमा विज्ञले डिपोर्ट गर्नुपर्ने माग उठाएका छन्। अष्ट्रेलियाको प्रसिध्द समाचार पोर्टल न्यूजडटकमडटएयुका पत्रकार तथा विश्लेषक टारिक ब्रुकरले सीप तथा तालिम मन्त्रि एण्ड्रू गिल्सलाई त्यस्ता कलेज बन्द गरेपछी आमरूपमा ठगी गरेका कलेज साथै गलत दाबी गरेर विद्यार्थी भिजा लिनेहरूलाई के गर्ने भनेर एक्स (पहिलेको ट्वीटर)मा प्रश्न गरेका छन्। 

अष्ट्रेलियाको आर्थिक विश्लेषणात्मक मिडिया माईक्रोबिजनेसका प्रमुख आर्थिक विश्लेषक लेथ भान ओन्सेलेनले के अष्ट्रेलियाले विद्यार्थी भिजाको दूरूपयोग गर्नेहरूलाई डिपोर्ट गर्ला? भन्ने शीर्षकमा आलेख नै लेखेर अन्तर्राष्ट्रिय विद्यार्थी डिपोर्ट गर्नुपर्नेमा जोड दिएका छन्। उनले त्यस्ता विद्यार्थीहरूले एडमिनिस्ट्रेटिभ अपिलियट ट्राईबुनल (एएटी) लड्ने अनि नक्कली शरणार्थी भिजा हाल्ने र अष्ट्रेलिया बस्ने दिन लम्ब्याउने उल्लेख गरेका छन्। 

धेरैले सामाजिक संजाल र आलेखहरूमा सरकारलाई विद्यार्थी भिजा दुरूपयोग गर्ने अन्तर्राष्ट्रिय विद्यार्थीलाई कारवाही साथै डिपोर्ट गर्नुपर्ने माग गरेका छन्। 

अष्ट्रेलियाको माईग्रेसन विज्ञ डाक्टर अबुल रिज्वीले अन्तर्राष्ट्रिय विद्यार्थी जसले नियमित रूपमा कलेजमा पढिरहेको छैन भने उक्त विद्यार्थीले विद्यार्थी भिजाको शर्त उल्लंघन गरेको छ, त्यस्ताको भिजा क्यान्सिल हुनुपर्ने न्युजडटकमडटएयुलाई बताएका छन्। जसले भिजाका शर्त मानेको छ उनीहरूलाई बन्द भएका कलेजबाट अरू कलेजमा सर्नको लागी सघाउनु पर्ने उनको भनाई छ। 

Post a Comment

Previous Post Next Post

Cookie Policy!

Our Website uses cookies from Google to deliver services and to analyze traffic.

Google Cookie Policy