पर्थमा चाईल्ड केयरमा काम गर्ने नेपालीलाई १५ महिनाको जेल

अष्ट्रेलियाको पर्थमा चाईल्ड केयरमा काम गर्ने एक नेपालीलाई १५ महिनाको जेल सजायँ भएको छ। ११ मार्च २०२५ मा पर्थको 'डिस्ट्रिक्ट कोर्ट'ले उनलाई १५ महिनाको जेल सजायँ तोकेको हो। उनलाई चाईल्ड केयरमा एक बालिका माथि दूर्व्यवहार गरेको आरोप थियो। उनलाई 'चाईल्ड केयर'मा हेरचाहका लागी छोडिएकी एक तीन वर्षिय बालिकालाई अमर्यादित हिसाबले छोएको आरोप लागेको थियो। 

Nepalese Man Sentenced in Perth
Photo: The West Australian

अप्रिल २०२३ मा पर्थको उत्तरी क्षेत्रमा रहेको एक डे केयरमा काम गरेको बखत 'चाईल्ड केयर'को चौरमा बसेकी एक बालिकालाई चार वर्ष पुग्न एक महिना मात्र उमेरकी बालिकालाई अमर्यादित ढंगले छोएका थिए। उनी उक्त 'चाईल्डकेयर'मा 'लिड एजुकेटर' थिए। 

ईस्टरको समयमा 'चाईल्डकेयर'मा ईस्टरवाला कपडा र परिधानमा सजिएर केटाकेटी उनैले बनाएको गीतमा नाचिरहेका थिए। त्यही समयमा उक्त घटना भएको थियो। त्यतिखेर अरू बच्चा तथा कर्मचारीहरू पनि नजिकै रहेको बताईएको छ। 

उनले साढे सात महिना जेलमा बिताएपछी उनलाई जमानतमा छुट्ने सुविधा 'परोल' पनि मिल्नसक्छ। स्टुडेण्ट भिजामा अष्ट्रेलिया आएर 'चाईल्डकेयर' पढेका उनलाई जेल सजायँ सकेपछी डिपोर्ट गरिने अदालतलाई जानकारी गराईएको छ। 

 'डिस्ट्रिक्ट कोर्ट'का न्यायाधिश एलेन सेफ्टनले उनलाई उनको जिवनभर नै ति बालिकसँग भेट्न नपाउने आदेश पनि दिएका छन्। 

Post a Comment

Previous Post Next Post

Cookie Policy!

Our Website uses cookies from Google to deliver services and to analyze traffic.

Google Cookie Policy