यस्तो अनौठो छ भ्यालेन्टाइन डे मनाउने १३ देशका १३ तरिका

आज भ्यालेन्टाइन डे अर्थात प्रणय दिवस । आफ्नो प्रियसीसँग प्रेम साट्ने र एक अर्कामा समर्पित हुने दिन । पछिल्लो केही बर्ष देखि नेपालमा पनि भ्यालेन्टाइनमा रम्ने/झुम्ने युवायुवतीहरुको भिड बाक्लो छ । प्रकृतिका काखदेखि स्टार होटलसम्म भ्यालेन्टाइन जोडीहरु भेटिन्छन् । भ्यालेन्टाइन डे भन्ने बितिक्कै प्रियसी भेटेर मनका कुरा साट्ने, रमाइलो गर्ने भन्ने बुझिन्छ तर बिश्वका बिभिन्न देशहरुमा बिभिन्न किसिमले भ्यालेन्टाइन डे मनाउने चलन छ । पढ्नुहोस् बिश्वका १३ देशमा भ्यालेन्टाइन दिवस मनाउने तरिका जुन पढेर तपाईलाई अचम्म लाग्न सक्छ ।

Valentines day


इटाली

इटालीमा भ्यालेन्टाइन डे  स्प्रिंग फेस्टिवलको रुपमा मनाईन्छ । त्यहाँ मानिसहरु बिशेष प्रकारले सजाईएको बगैंचामा एकत्रित भएर शायरी र संगीतको आनन्द लिन्छन् । यो दिन कुमारी कन्याहरु बिहान सबेरै उठ्छन्   । बिहान उठ्ने बित्तिकै ति कुमारी कन्याले जसलाई देख्छन् ति ब्यक्ति नै उनीहरुको पति हुने बिश्वास गरिन्छ । त्यहा भ्यालेन्टाइनको डेको दिनमा एक बिशेष प्रकारको उपहार चकलेट आदान प्रदान हुन्छ ।

डेनमार्क 

सन् १९९० अगाडी डेनमार्कका मानिसहरुले भ्यालेन्टाइन डे मनाउने गरेका थिएनन । अहिले भने उनीहरुको यस दिवस मनाउने अलग तरिका छ  ।   त्यहा युवाहरुले  युवतीहरु लाइ   एनोनिमस कार्ड पठाउछन्  ।  एनोनिमस कार्ड यस्तो कार्ड हो जसमा पठाउने व्यक्तिको नाम लेखिएको हुँदैन । त्यस्ता कार्डलाइ त्यहा  “gaekkebrev” या ‘joking letter’ भनिन्छ ।  कागजलाइ कलात्मक तरिकाले काटेर त्यसमा  कविता, मुक्तक या गजल लेखिएको हुन्छ  । कोहि कोहिले यसमा चुटकिला अथवा व्यंग्यात्मक संदेश पनि लेख्छन  । कार्ड पठाउँदा पुरुसहरु नाम नलेखी त्यहा खाली ठाउँ छोडी दिन्छन  । युवतीहरुलाई पठाउने ब्यक्तिको नाम अन्दाज गर्नु पर्ने हुन्छ । सहि अन्दाज गर्ने युवतीलाइ  ईस्टर एग दिइन्छ  ।
France Valentines day

फ्रान्स
फ्रांसलाई बिश्वकै रोमान्टिक ठाउँको रुपमा चिनिन्छ  ।  त्यहाँ भ्यालेन्टाइन डे मा loterie d’amour नामको एक बिशेष परम्परा मान्ने गर्छन्  ।  जस अनुसार महिला पुरुषहरुलाई आमने राखिन्छ र उनीहरु आफुलाई मन पर्ने प्रेमी प्रेमिका खोजछन्  । यदी पुरुषलाइ महिला मन परेन भने उनीहरु अर्कै महिला छान्न सक्छन्  । महिला पनि सोहि अनुसार अर्कै पुरुषसंग जान सक्छिन्  । पुरुष फेला नपर्ने महिलाले आफुलाई मन नपराएको पुरुषको फोटो जलाउछिन्  । यसमा धेरै झगडा भएको भन्दै सरकार अहिले यो परम्परामा प्रतिबन्ध लगाएको छ  । फ्रान्सको पेरिसलाई ‘सिटी अफ लभ’ भनेर चिनिन्छ । युवतीहरू घरको झ्यालमा गएर युवकको नाम बोलाउने एवं युवकले पनि युवतीलाई आकर्षण गर्ने खालको काम गर्ने चलन रहे पनि यो परम्परा भड्किलो भएको भन्दै सरकारले बन्द गरेको छ । भ्यालेन्टाइन आफूलाई मनपर्ने मान्छेको चित्र कोर्ने पनि गर्छन्।

दक्षिण कोरिया

दक्षिण कोरियामा बर्षको एक दिन मात्र प्रेमको लागि समर्पित छैन । त्यहाँ हरेको महिनाको १४ तारिखमा प्रेम दिवस मनाईन्छ  ।  १४ फेब्रुअरी भने बिशेष हुन्छ  ।  त्यस दिन  युवतीहरु आफ्नो प्रेमीलाई  चकलेट तथा उपहार दिन्छन  ।  अर्को महिनाको १४ तारिखमा  अर्थात्  मार्च १४ मा प्रेमीहरु आफ्नो प्रेमिकालाई रिटर्न गिफ्ट दिन्छन्  । यस दिनलाई  ‘व्हाइट डे’ भनिन्छ  ।  १४ फेब्रुअरी र १४ मार्चमा उपहार नपाउने हरुले १४ मार्चमा ब्ल्याक डे मनाउने गर्छन  ।  त्यस दिन उनीहरु रेस्टुरेन्टमा गएर ब्ल्याक नुडल्स खान्छन्  । यस दिनलाई सिंगल डे को रुपमा पनि मनाईन्छ ।

चीन
चिनियाँहरू नयाँ वर्ष सुरु भएपछिमात्रै भ्यालेन्टाइन मनाउने गर्छन्। चीनको लुनार न्यु इयरअनुसार २०१६ को भ्यालेन्टाइन डे अगस्ट ९ मा परेको छ । चीनमा यो दिन युवतीहरू मन्दिर गएर असल प्रेमी माग्नुका साथै विवाहको लागि भगवान्सँग प्रार्थना पनि गर्छन्। चीनमा भ्यालेन्टाइनलाई ‘छोरीहरूको चाड’को रूपमा लिइन्छ। 

चीनमा प्रेमिकाले प्रेमीलाई छाता र जुत्ता उपहार दिँदैनन् किनकि यसले उनीहरूको सम्बन्ध लामो बनाउँदैन भन्ने मान्यता रहिआएको छ। चीनका कतिपय भागमा विवाहपछि श्रीमान्को परिवारले सिलाइबुनाइ गर्ने युवती मन पराउने चलन रहिआएकाले विवाहअघि लुगा बुन्न सिक्ने चिनियाँ युवती पनि प्रशस्त छन्।

वेल्स
यहांका मानिसहरु प्रेम दिवस २५  जनवरीमा मनाउछन् ।   त्यस दिन प्रेमी प्रेमिकाहरुबीच काठको चम्चा उपहार दिनछन् जसलाई ‘लव स्पून्स’ भनिन्छ ।  १७ औ शताब्दीमा पुरुषहरु आफैले काठ खोजेर चम्चा बनाउने गरेको बिश्वास गरिन्छ  । हरेक चम्चामा प्रेममय सन्देश हुन्छ  ।

Valentines day in England

इंग्ल्यान्ड

भ्यालेन्टाईन डेको  दिन  इग्लैंडमा युवतीहरु सुत्नु अघि आफ्नो तकियामा ५ ओटा पात राख्छन् । उनीहरु हरेक ४ कुनामा एक एक ओटा अनि बीचमा एउटा पात राख्छन् । यसरी पात राखेर सुत्दा हुनेवाला पति सपनामा आउने बिश्वास छ ।

दक्षिण अफ्रीका

भ्यालेन्टाईन डेको दिन यहाँ महिलाहरु आफ्नो प्रेमीको नाम आफ्नो लुगाको बाउलामा टास्ने गर्छन । प्रेमीहरु भने जोडिएको दिलको चित्र आफ्नो पाखुरामा बाध्छन् ।

ब्राजील

प्रेम दिवस यहां पनि फूल, चकलेट, कार्ड र उपहारहरुको आदानप्रदान गरिन्छ तर १२ जुनमा । यो दिन प्रेम जोडी मात्र होईन, यो दिन साथीहरु र आफन्तहरु पनि  उपहारहरु आदानप्रदान गर्छन ।   यो दिन सेन्ट एन्थोनी डे को दिनमा मनाईन्छ । यो दिन कुमारी केटीहरु आफुले चाहेको पति पाउन simpatias नामक एक अनुष्ठान गर्छन ।
 

अमेरिका

अमेरिकामा फेब्रुअरी १४ लाई विशेष दिनको रूपमा मनाइन्छ। यस दिन अमेरिकाका विभिन्न सहरमा रहेका होटेल एवं रेस्टुरेन्टलाई सानदार रूपमा सिंगारिएको हुन्छ। जहाँ प्रेमजोडी आआफ्नो भावना तथा माया साट्ने गर्छन्।

प्रेमीप्रेमिकाकै लागि रोमान्टिक वातावरण सिर्जना गरिदिने चलन पनि छ। यसदिन डिनर तथा डान्स पार्टी पनि धेरै आयोजना गरिएको हुन्छ । साथीभाइ एवं आफन्तले एकआपसमा चकलेट साटासाट गर्ने चलन पनि छ। युवतीहरू विशेषगरी मुटु आकारका चकलेट उपहार लिन दिन मन पराउँछन्। सपिङ गरेर रमाइलो गर्छन्।

जापान

संसारमा जापानी महिलालाई सबैभन्दा लजालु मानिन्छ। जापानमा सन् १९३६ देखि भ्यालेन्टाइन मनाउन सुरु गरेको मानिन्छ। जापानिजले सुरुमा पर्यटकलाई लक्षित गरी यो परम्परा सुरु गरेको हो तर बिस्तारै मायाको पर्व स्वरूप अधिकांश जापानिजहरूले भ्यालेन्टाइन मनाउन थाले। जापानमा मन परेको व्यक्तिलाई चकलेट दिने चलन छ । यसमा प्रेमीप्रेमिकामात्रै होइन दाइ, भाई काका, आमा, बुबा जो पनि हुन सक्छन। यसमा जापानका चकलेट कम्पनीले यसलाई साथ दिँदै आएको छ । महिला विशेषगरी आफैंले तयार पारेको चकलेट उपहार दिन रुचाउँछन् जसले धेरै माया दर्शाउँछ। घरमै बनाएको चकलेट पाउने पुरुष निकै भाग्यमानी मानिन्छ ।
 

फिनल्यान्ड

फिनल्यान्डमा भ्यालेन्टाइन डेलाई प्रेम दिवसभन्दा पनि ‘फ्रेन्डसिप डे’ को मा मनाउने चलन छ। फिनिस भाषामा यस दिनलाई ‘यस्ताभान पाइभा’ अर्थात् फ्रेन्डसिप डे भनिन्छ।  यसदिन उनीहरू साथीसाथीबीच विभिन्न उपहार, कार्ड साटासाट गर्छन्।भ्यालेन्टाइन डेमा साथीलाई सम्झिने चलन भए पनि सिंगल व्यक्तिहरू ‘मायाको बस’मा चढ्ने र त्यहाँ रहेका अन्य सिंगल व्यक्तिसँग भेट्ने, मन मिले माया गर्ने गर्छन्।

फिलिपीन्स

फिलिपीन्समा भ्यालेन्टाईन डे अन्य देशहरुमा झैँ मनाइने गरिन्छ  । तर अहिले यस दिन लाई वैडिंग डेको रुपमा पनि मनाईन्छ  । यस दिन हजारौ जोडी सार्बजनिक स्थानमा जम्मा भएर समुहिक विवाह गर्छन ।

Post a Comment

Previous Post Next Post

Cookie Policy!

Our Website uses cookies from Google to deliver services and to analyze traffic.

Google Cookie Policy