एकेडेमिक मिसकण्डक्टको प्रचार गर्दै, अष्ट्रेलियामा नेपाली विद्यार्थी

 सामाजिक संजाल आमजिन्दगीको महत्वपूर्ण हिस्सा बनिसकेको छ। मानिसहरू रियल लाईफमा भन्दा रिल लाईफमा बढी रमाउन थालेका छन्। किनकी फेसबुक वा ईन्स्टाग्रामको रिल्सले भ्यूजको आधारमा पैसा पाउने भएपछी रियल भन्दा रिल लाईफ काईदाको लाग्न थालेको छ धेरैलाई। अष्ट्रेलिया पढ्न आएका मात्र होईन नेपालमा राम्रो फलोअर भएका पेज चलाउनेहरू पनि रिलको कमाईमा दिल लगाएर बसेका धेरै पाईन्छन्। कतिले त फेसबुक र टिकटोकमा भिडियो बनाउने र हिट हुने नाममा अनेक अनेक गतिविधी देखाईरहेको पाईन्छ। 

Nepali students promoting academic misconduct in australia


पछिल्लो समय अष्ट्रेलियामा बस्ने नेपालीहरू कन्टेनट क्रियटर बन्ने वा सँग अन्तर्वार्ता दिएर समुदाय र नेपालमा छाउने ध्यानमा छन्। त्यसैले समय समयमा अनेकन 'काण्ड' र 'कन्ट्रोभर्सी' सृजना भईरहेको हुन्छ। समय अनुसार भ्यूज कमाउनको लागी 'एफ वर्ड' र 'एक्सपोज्ड एक्टिंग'को प्रयोग गरेर रिल हाल्नेहरू तीजको गीतसँगै साडी बेच्न सक्रिय भईसकेका हुन्छन्। अष्ट्रेलियामा नेपालीको संख्या बढेसँगै अनेकन समाजिक संजालका फण्डा त हुने नै भए। पछिल्लो समय 'पेड पार्टनरसीप' भनेर एकेडेमिक मिसकण्डक्टको प्रचार बढेको देखिन थालेको छ। 

एआईबाट असाइनमेन्ट गर्न सिकाउँदै अभिसा रायमाझी


@abishaa____ AI tools are literally making life 10x easier 🤯✨ Tried this one and I’m obsessed! If you’re a student, creator, or just love finding smart tools, you NEED to try this 👀💻@AiTexTools #creatorsearchinsights #1millikes ♬ original sound - Abhisha Rayamajhi

नेपाली विद्यार्थीहरूले असाईनमेन्ट गर्न पढ्ने र समय दिने हैन, एआईबाट सजिलै असाइनमेन्ट गरेर बुझाउने हो। लौ हेर कसरी मैले मेरो ६० दिन पछीको असाइनमेन्ट अहिले नै बुझाएँ भनेर भिडियो बनाएर देखाउन थालेका छन्। यसरी एआईको प्रयोग गरेर नपढी कलेज तथा युनिभर्सिटीको असाईनमेन्ट गर्ने विद्यार्थीको पहिको ध्यान नै काम गर्ने भन्ने हुन्छ। भिजाको लागी कलेज र कोर्ष भर्ना हुने तर पढाई नगरी काम गर्नु भनेको विद्यार्थी 'जेन्युईन हैन' भन्ने प्रमाणित आफैले गर्नु हो। यसमा विशेष गरेर अष्ट्रेलियामा पढ्न आएका निशान मैनाली र अभिसा रायमाझीको टिकटोक र फेसबुक भिडियो यतिखेर अष्ट्रेलियामा चर्चाको विषय बनेको छ। उनीहरूले अष्ट्रेलियामा पढिरहेका विद्यार्थीहरूलाई असाईनमेन्ट कसरी एआईबाट गर्ने र कलेजको 'टर्निटिन' चेकबाट बच्ने भनेर प्रक्रिया नै सिकाईरहेका छन्। 

एआईबाट असाइनमेन्ट गर्न सिकाउँदै निशान मैनाली 

@infinite_with_nishan AiTextools use garni haina ta sathiharu ? 😍 #nishanmainali #vlogger #aitextools #nepal #infinite_with_nishan @AiTexTools ♬ original sound - Nishan Mainali

अष्ट्रेलियामा कलेज तथा युनिभर्सिटीले तोकेर एआई प्रयोग गर भनेको बाहेक अरू अवस्थामा एआई प्रयोग गर्नु एकेडेमिक मिसकण्डक्ट हो। असाईनमेन्ट गर्दा एआई प्रयोग गर्ने विद्यार्थीहरूलाई कलेज वा युनिभर्सिटीले कोर्षबाट निकाल्ने साथै अधिकतम पास गरिसकेको डिग्री समेत खारेज गर्न सक्दछन्। विद्यार्थी भिजामा आएर पढेका विद्यार्थीहरूले भिषा सम्बन्धी समस्या समेत बेहोर्नु पर्ने हुनसक्छ। केही महिना अघि पर्थ एअरपोर्टमा एक नेपाली विद्यार्थीको मोबाईलमा ह्वाटस् याप मार्फत कुराकानी गरेर एसाइनमेन्ट अरूलाई गराएको भेटिएपछी उनको ईमिग्रेसनले उनको भिजा क्यान्सिल गरेको थियो।


Post a Comment

Previous Post Next Post

Cookie Policy!

Our Website uses cookies from Google to deliver services and to analyze traffic.

Google Cookie Policy