फललाई हामी फलफुल भनेर बुझ्छौं र व्यवहार गर्छौं। स्वास्थ्य र पोषणको लागी अभिन्न खानाको एक अंगका रूपमा फलफुललाई लिने गरिन्छ। भनिन्छ, फलफुल नियमित खाने व्यक्तिलाई हत्तपति रोगले छुन सक्दैन। त्यसो त नेपालमा ‘बेलाको राग’ भनेर मौसम अनुसारको फलफुल तथा तरकारी खानुपर्छ भन्ने मान्यता नै छ। जसको सिधा अर्थ हो आफु बसेको भूगोलमा उपलब्ध फलफुल स्वास्थ्य र आरोग्यको लागी अति नै महत्वपूर्ण हुन्छ। जसको नियमित सेवनले मानिसलाई स्वस्थ र तन्दुरूस्त रहन मदत गर्दछ। फलफुलको बहुगुणकारी विषेशताका पक्षमा हामी धेरै सचेत नै छौं तर यस्ता केही तथ्य छन् जसले फलफुलको हाम्रो जानकारीलाई थप प्रस्ट र रोचक बनाउँछ।
यी हुन् फलफुलका रोचक कुरा
- फलफुलसँग संबन्धित पढ़ाईको विषयलाई ‘Pomology’ भनिन्छ।
- अमेरिकाका पसलहरूमा बेचिने स्याउहरू एक वर्ष पुराना हुन्छन्।
- विश्वको सबैभन्दा लोकप्रिय फल गोलभेडा (टमारटर) हो। यो विश्वभर नै उस्तै हिसाबले खपत हुन्छ।
- लिची खाँदा एकदम ध्यान दिनुपर्ने कुरा के हो भने यसको बीउ (गेडा) जुन हामीले खाने भागको भित्र आकारमा पनि ठूलो हुन्छ त्यो खानु हुँदैन। त्यो विषालु हुन्छ।
- विश्वभरमा जति अंगूर उत्पादन हुन्छ त्यसको ७१ प्रतिसत भाग रक्सी बनाउनमा प्रयोग हुन्छ।
- स्याउको तेल मानिसको छालाको लागी निक्कै लाभदायी हुन्छ। स्याउको तेल लगाउँनाले अनुहारमा चाउरी पर्दैन भने छाला चिलाउने, दुख्ने तथा फुट्ने समस्या निको हुन्छ। अनुहार विशेष गरेर गाला फुट्ने समस्या हुनेहरूलाई यो निक्कै नै लाभदायी हुन्छ।
- केरामा सानो मात्रामा भएपनि रेडियोधर्मी पदार्थ हुन्छ।
- औषधी खानासाथ अंगुर खानेहो भने त्यसले तपाईंको मृत्य पनि हुनसक्छ।
- यदी तपाईंले अंगुरलाई माईक्रोवेभमा राख्नुहुन्छ भने यो प्वाट्ट फुट्छ।
- यदी तपाईंले स्याउ पानीमा राख्नुभयो भने यो पानीमा उत्रिन्छ। किनकी स्याउमा २५ प्रतिशत हावा हुन्छ।
- यदी तपाईंमा केही कुराले जलन भईरहेको छ भने केरा खानुस्। यसले जलनलाई कम गर्छ। किनकी केरामा एक खालको प्राकृतिक अम्ल हुन्छ जसले शरिर भित्र पुगेपछी भईरहेको जलनलाई कम गर्छ।
- विश्वभरमा स्याउ करिब सात हजार प्रकारका छन्।
- आँप विश्वभर सबैभन्दा मन पराईने फल हो। आँपलाई फलको राजा पनि भन्ने गरिन्छ,
- स्ट्रेबरी र काजु यस्ता फल हुन, जसको बीउ फलको बाहिर हुन्छ। बाँकी सबै फलफुलको बिउ फलको भित्र हुन्छ।
- पहिले पहिले शोधकर्ताहरू लामो समयको यात्रा तथा खोजमा निस्कँदा तरबुजालाई पानीको बिकल्पको रुपमा प्रयोग गर्दथे।
- तपाईंले याद गर्नुभएको छ केरालाई पानीमा राख्नुभयो भने यो तैरन्छ।
- केरा काँचैमा बोटबाट घरी नै काटेर निकालेपछी पनि कृतिम रूपमा रसायनिक पदार्थको मदतले पकाउन सकिन्छ। तर, अंगुर यसरी पकाउन सकिन्न। त्यसैले अंगुरलाई बोटमा नै पाक्न दिइन्छ।
- जापानमा किसानहरूले तरबुजालाई वर्गाकार रूपमा फलाउँछन् ताकी पछी सजिलोसँग स्टोरमा राख्न सकिओस्।
- भुईंकटहरको फललाई यसको बोटमा नै उल्टो पारेर राखिदिने हो भने छिटो पाक्छ। सिधा भुईंकटहरलाई भने पाक्न अलिक बढी समय लाग्छ।
- गोलभेंडामा मानिसको शरिरमा भन्दा बढी जीन पाईन्छ।
- मानिसको डिएनए DNA को आधा हिस्सा केरासँग मिल्छ।
- कागती सरसफाईका लागी प्रयोग हुने सबैभन्दा पुरानो फल हो। यसमा धेरै मात्रामा एसिड हुने भएकाले यसले भाँडाहरु चम्काउने मात्र होईन, ब्याक्टरिया समेत मार्दछ।
- कफी खाँदा भन्दा स्याउ खाँदा धेरै उर्जा प्राप्त हुन्छ।
- वैज्ञानिकहरूको मत यो पनि छ कि केरा नै पृथ्वीको पहिलो फलफुल हो।
- बन्दागोभीमा पनि में भी तरबुजामा जस्तै धेरै पानी हुन्छ। तरबुजारमा ९२ प्रतिशत पानी हुन्छ भने बन्दागोभी र गाजर मा क्रमश ९० प्रतिशत र ८७ प्रतिशत पानीको मात्रा हुन्छ।
- बदामको तेलबाट नाईट्रोग्लिसरीन पनि तयार गर्न सकिन्च जुन विस्फोटक पदार्थ बारूदको एक मुख्य हिस्सा हो।
- सुकेको फल (ड्राईड फ्रुट)मा ताजा फलमा भन्दा धेरै क्यालोरी हुन्छ। किनकी सुख्खा गरिएको फलमा पानीको मात्रा हटाईएको हुन्छ।
- स्ट्रबेरीमा सुन्तलामा भन्दा पनि धेरै भिटामिन सि पाईन्छ।
- रातो रंगका फलफुलले तपाईं हाम्रो मुटुलाई स्वस्थ राख्नमा मदत गर्दछ।
- अध्ययनहरूले यो पनि पत्ता लगाएका छन् कि हरेक बिहान अंगुर खाने बानी बसाल्ने हो भने यसले तपाईंको मोटोपन साथै तौल घटाउनमा मदत गर्छ। अंगुरले मधुमेह हुनबाट समेत बचाउँछ।
- सुन्तलारँगका फलले आँखा, पहँलो रंगका फलले शरिरको तापक्रम, हरियो रंगका फलले हाड र दातलाई स्वस्थ राख्न मदत गर्छन्। त्यसो त निलो र बैजनी रंगका फलले सम्झना शक्ति बढाउन तथा कायम राख्न मदत गर्छन्।
Post a Comment