सेल्फि खिच्नु अघी ध्यान दिनै पर्ने कुराहरू

‘सेल्फी’ अर्थात आफैले आफ्नो फोटो खिच्ने । पछिल्लो पुस्तामा सेल्फी क्रेज ह्वात्तै बढ्दो छ । बिशेष गरि टिनेज युवापुस्ता सेल्फी भनेपछि मरिहत्ते गर्छन । सिंगल होस् अथवा ग्रुप, पार्टनरसंग होस् अथवा परिवारसंग, बाटोमा होस् अथवा बेड नै किन नहोस, । यी त भए केही सामान्य सेल्फिका प्रसंगहरु ।

तर यहा कतिपय यतिसम्म सेल्फीफोबियाले ग्रस्त हुन्छन कि जस्तोसुकै परिस्थितिमा पनि सेल्फिकै लागि मरिहत्ते गरिरहेका हुन्छन । दुर्घटनामा परेर मान्छे छटपटाइरहदा पनि उसलाई बचाउन भन्दा सेल्फी खिच्न हतार गर्छन, ठूला हिंस्रक जंगली जनावरबाट भाग्न भन्दा पनि सुरुमा सेल्फी खिच्न खोज्छन ।


taking selfie


बिश्वभर सेल्फिको क्रेज बढ्दो छ त्यसो त स्मार्टफोनहरुमा मात्रै होइन जुत्ता, चम्चा, औंठी र काइयोबाट पनि सेल्फी लिन सकिने प्रविधिहरु बिकास भैसकेका छन् । मान्छेलाई भोक, प्यास, निन्द्रा, डर भन्दा पनि सेल्फी कै चिन्ता छ । अरु जे सुकै होस् सेल्फी खिच्न पाएपछि उनीहरु तृप्त हुन्छन । कतिपय त आफ्नो ज्यानकै पर्वाह नगरी सेल्फीमा मस्त हुने गरेका छन् जसले गर्दा उनीहरु मृत्युको मुखमा पुग्छन ।

विश्वमा बर्षेनी थुप्रैको मृत्यु 

विश्वका बिभिन्न देशहरुमा सेल्फीकै कारण मृत्यु भएका धेरै घटनाहरु छन् । उदाहरणकै लागि भन्नु पर्दा गत वर्ष सेप्टेम्बरमा हृयुस्टनका १९ वर्षीय डेलेयन एलोन्सो स्मिथको सेल्फी खिच्ने क्रममा मृत्यु भयो । सिएनएनका अनुसार कलेज सुरु हुनुभन्दा एक दिनअघि उनी कन्चटमा बन्दुक राखेर सेल्फी खिच्दै थिए । तर, अचानक बन्दुक पड्कियो र मृत्यु भयो ।

कोलोराडोको वाटरटन केननमा जंगली जनावरको नजिक गएर सेल्फी खिच्न थालेपछि पार्क नै बन्द गरियो । बासिंगटन पोस्टले सेल्फी’बारे एक अध्ययन प्रतिवेदन नै सार्वजनिक गरेको थियो । जसअनुसार सन् २०१५ मा सेल्फी खिच्ने क्रममा २७ को मृत्यु भएको पाइयो  ।सन् २०१४ मा सेल्फी खिच्दा कम्तीमा १८ को मृत्यु भएको थियो । मृत्यु हुनेमा १८-२२ उमेर समूहका बढी थिए । यसबाट पुष्टि हुन्छ कि सेल्फी क्रेज टिनेजहरुमा अधिक देखिन्छ ।


सेल्फी लिएर प्रेमिकाको हत्या

भारतको देहरादुनका एक व्यक्तिले प्रेमिकासँग सेल्फी लिए र त्यसपछि घाँटी रेटेर उनको हत्या गरिदिए। २७ वर्षीय आशिष कुमारले देहरादुनको एउटा चिया बगानमा प्रेमिकाको यस्तो बर्बर तरिकाले हत्या गरेका हुन्। deharadun

हत्या गर्नुअघि प्रेमिकासँग उनले लिएको सेल्फी सार्वजनिक भएपछि भारतीयहरूको सामाजिक सञ्जालमा यो छ्याप्छ्याप्ती हुन पुग्यो । प्रेमिकासँग लिएको सेल्फी अरू कसैले नभई आशिषले नै सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका हुन्।

प्रेमिकाको हत्या गरेर फरार भएका आशिष केही दिनपछि रक्ताम्य अवस्थामा फेला परेका थिए। नाडीको नशा काटेर उनले आत्महत्या प्रयास गरे पनि घाइते अवस्थामा उनलाई प्रहरीले फेला पारेको थियो।

मुम्बइका १६ स्थानमा सेल्फी खिच्न नपाइने

भारतीय सहर मुम्बइका १६ स्थानमा सेल्फि खिच्न नपाइने भएको छ । मोबाइल फोनबाट सेल्फि फोटो खिच्दा दुर्घटना हुने गरेको भन्दै प्रतिबन्ध लगाइएको हो । सेल्फि खिच्न नपाइने गरी प्रतिबन्ध लगाइएका स्थानहरुमा समुद्री किनार लगायतका विभिन्न पर्यटकीय स्थान रहेका बताइएको छ ।

मोबाइल फोनबाट फोटो खिच्दा यसका कारण विभिन्न असुरक्षा र दुर्घटना समेत बढेको भन्दै विशेषगरी युवायुवतीलाई मध्यनजर राखेर यो नियम बनाइएको मुम्बई प्रहरीले जनाएको छ । ती प्रतिबन्ध लगाइएका क्षेत्रमा गरिएको यो नयाँ प्रबन्धको उल्लङ्घन भएमा १७ अमेरिकी डलरसम्म जरिवना लगाइने पनि प्रहरीले जनाएको छ ।

Taking selfie

नेपालमा पहिलो घटना 

नेपालमा भने पहिलो पटक सेल्फीले एक युवतीको ज्यान लिएको छ । चितवनको नारायणी नदीमा सेल्फी खिच्ने क्रममा नवलपरासीको गैंडाकोट १६ बस्ने विस्मिता ज्ञवाली नदीमा डुबेर बेपत्ता भइन् । उनी सेल्फीको सोखिन थिइन त्यसैले नारायणीको उर्लदो भेललाई समेत उनले नजरअन्दाज गर्न सकिनन । उनको साथमा गएकी उनकी साथी १८ वर्षीया नम्रता सापकोटालाई भने बग्दै गरेको अवस्थामा ४० मिटर परबाट उद्दार गरिएको थियो ।

कुन कुन अबस्थामा सेल्फी नखिच्ने ?


डिसअबिलिटी मिडिया फाउन्डेसन नेपालले के कस्तो अबस्थामा सेल्फी खिच्न हुदैन ? र सेल्फी खिच्दा के कस्तो कुराहरुमा ख्याल राख्ने ? भन्ने बिषयमा एउटा सामग्री बनाएको छ ।


१. पानीको गहिराइ भएका नदी, ताल, पोखरी नजिक बसेर सकभर सेल्फी नाखिचौ, यस्तो ठाउमा एक्लै त जादै नगएको राम्रो


२. तिब्रगतिमा सवारीसाधन कुद्ने सडकमा कहिल्यै सेल्फी नखिचौ


३. पहिरो जाने, ढुंगा खस्ने, बाढी आएको ठाउमा सेल्फी नखिचौ


४. भिर, पहरा, खोचमा सेल्फी नखिचौ, खिच्ने परे सिमित दुरी राखेर मात्रै खिचौ


५.  बाघ, भालु, हात्ती जस्ता जनावरसंग सेल्फी नखिच्नुस, केही सुरक्षाको साबधानी भए मात्रै खिचौ


६. आगलागी, हुरीबतास भएका स्थानमा सेल्फी नखिचौ


७. अग्लो घरको छट, टावर लगायतमा चढेर सेल्फी नखिचौ


८. झोलुंगे पुलमा एक्लै बसेर कहिल्यै सेल्फी नखिचौ


९. सवारीसाधन चलाईरहेको अबस्थामा सेल्फी र के मोबाइल पनि नचलाऔ


१० हतियार चलाउदै गर्दा सेल्फी खिच्न हुदैन


११. भर्यांग चढ्दा वा ओर्लिदा पनि सेल्फी खिच्न हुदैन


१२. मानवीय नाता नै तोडेर सेल्फीमा कदापी झुम्नु हुदैन, अर्थात दुर्घटना र मृत्युका अगाडि सेल्फी कहिल्यै नखिचौ


१३. सेल्फी खिच्नु अघि आफ्नो ज्यानमाथिको खतरा र मानवीयतालाई सोचौ

Post a Comment

Previous Post Next Post

Cookie Policy!

Our Website uses cookies from Google to deliver services and to analyze traffic.

Google Cookie Policy