यति कमाउँछन्, अष्ट्रेलियामा ब्युटीसीएन

ब्युटी अर्थात् सुन्दरता, सुन्दर हुन को चाहँदैन यो संसारमा? सुन्दर देखिन अनि भनिन चाहनेको संख्या जति धेरै छ त्यति नै ठूलो यो सुन्दरता व्यवसायको छ। विश्वभर सुन्दर बन्ने चाहना राख्नेहरू छन्। जसले गर्दा मानिसलाई सुन्दर बनाउने मानिसहरू पनि धेरै नै छन्। वास्तवमा सुन्दरता यतिखेर मानिसहरूको पेशा र व्यवसायको उद्योग नै बनिसकेको छ। यो उद्योगमा काम गर्नेहरूको कमाई पनि राम्रा देखिन चाहनेहरूको संख्यासँगै बढिरहेको छ।

अष्ट्रेलिया एक हिसाबले संसारकै उन्नत र विकसित देश हो। त्यसमा पनि धनि राष्ट्र र तुलनात्मक हिसाबमा विश्वका अरू देशहरूमा भन्दा यहाँका मानिसहरूको कमाई र खर्च गर्ने शक्ति धेरै छ। त्यसैले यहाँ ब्युटीपार्लरको काम गर्नेहरूको कमाई र व्यवसाय पनि धेरै राम्रो छ।

beautician salary in Australia


ब्युटीसीएनको काम

ब्युटीपार्लरमा अनुहार तथा छालाको सुन्दरता सम्बन्धि काम नै धेरै हुन्छ। त्यसो त कपाल काट्ने, छाँट्ने, मानिसहरूको कपाल रंग्याउने तथा  नयाँ नयाँ  स्टाइलको बनाउने काम ‍ब्युटीसीएनको हो। मानिसहरूको आँखाको परेला देखी खुट्टाको पिंडौला सम्मको रूप र बान्की सुधार्ने काम भएकाले नयाँ फेसनमा आएका शैलीलाई पछ्याउँदै जानु र राम्रो भन्दा राम्रो नतिजा दिनसक्नुमा ब्युटीसीएनको सफलता लुकेको हुन्छ। समयसँगै आएका प्रविधीको प्रयोग गर्नु र आफूलाई यो क्षेत्रमा आउने परिवर्तन साथै ट्रेन्ड फलो गर्न सक्नु नै यस क्षेत्रमा सफल हुने माध्यम हो।

ब्युटीसीएनका लागी चाहिने सिप

ब्युटी ईन्डस्ट्री सेवा उद्योग भएका कारण यसमा लाग्न चाहनेले आफूलाई ग्राहकको सेवामा खटिएको व्यक्तिका रूपमा उभ्याउन सक्नुपर्छ। राम्रो व्यक्तिगत सम्बन्ध विकास तथा बोलीचालीको शैली भएका व्यक्तिहरू यो क्षेत्रमा लाग्दा सफलता पाउन खास गाह्रो हुँदैन। यसमा लाग्न चाहनेको बोलीचाली राम्रो हुनु जरूरी छ भने धैर्यताका पूर्वक अरूको कुरा सुन्न सक्ने पनि हुनुपर्छ। ब्युटीपार्लरको सेवा लिने मान्छेहरूले पैसा धेरै तिरेका हुन्छन् भने उनीहरूले कम्प्लेन पनि धेरै गर्छन् त्यसो त ब्युटीसीएनको सानातिना गल्तिले सेवा लिन मानिसहरूको अनुहार वा सुन्दरतामा नै नराम्रो असर पार्न सक्छ त्यस्ता अवस्थामा नेगोसिएट गर्ने, उनीहरूको कुरा सुन्ने क्षमता हुनै पर्दछ।

कसरी बन्ने अष्ट्रेलियामा ब्युटीसीएन

अष्ट्रेलियामा हरेक क्षेत्रमा काम गर्नको लागी सम्बन्धित क्षेत्रमा पढेको वा तालिम लिएको हुनुपर्छ। ब्युटीसीएनका रूपमा काम गर्नको लागी पनि भोकेसनल स्कूल अथवा ब्युटी ट्रेनिंग कलेजबाट तालिम लिन सकिन्छ। यस्ता कलेज तथा तालिम दिने संस्थाहरूले अष्ट्रेलियाको कानुन, यहाँका ग्राहकहरूको अधिकार र सही कामगर्ने शैली (गुड प्राक्टिस)को ’बारेमा राम्रोसँग जानकारी दिन्छन्। जसले गर्दा अष्ट्रेलियामा पढेकाहरूले काममा जाँदा खास समस्या बेहोर्नु पर्दैन।

नेपालबाट ब्युटीसीएनको कोर्ष गरेर दक्षता हासिल गरेकाहरूलाई नेपाली तथा भारतीयहरूले खोलेको ब्युटिपार्लरहरूमा सहयोगीका रूपमा सिधै काममा राख्ने गरेको पनि पाईन्छ। त्यसैले नेपालबाट आउँदा केही नजान्नु भन्दा ब्युटीसीएनको काम जानेर आएको खण्डमा त्यसले अष्ट्रेलियामा काम पाउन समेत मदत गर्छ। त्यसो त नेपालमा सिकेको सिपको आधारमा थप अध्ययन गरेर जागिर पाउन तथा आफै व्यवसाय सुरू समेत गर्न सकिन्छ।

ब्युटीसीएनको काम

ब्युटीसीएनको काम भनेको आफूले काम गर्ने वा आफ्नो पार्लरमा आउने सेवाग्राहीको आवश्यकता र चाहना अनुसारको सुन्दरता बढाउने काम गर्ने हो। कपाल सेम्पु गर्ने देखी, रंग लगाउने, स्ट्रेट वा कर्लि बनाउने, काट्ने छोट्याउने, केराटिन लगायतका कपाल सम्बन्धि। फेसियल, मेक अप, वाक्सिंग, पेडीकेयर, मेनिकेयर, नङ पालिस, नक्कली नङ लगाउने, नङ  सरसफाई तथा डिजाईन। मेहदी लगाउने, विवाह वा पार्टीका लागी मेकअप गर्ने, लगायत सबै सुन्दर देखिनको लागि आवश्यक कुराहरू गर्नुपर्दछ।

ब्युटीसीएनको कमाई

 ब्युटी तथा फेसनको क्षेत्रमा काम गर्नेको कमाईको खासमा कुनै सिमा नै हुँदैन। यो यस्तो क्षेत्र हो तपाईंको परफरमेन्सले तपाईंको तलब वा कमाई निर्धारण गर्दछ। अष्ट्रेलियामा महिनामा २५-३० हजार डलर कमाउने ब्युटिसीएन पनि छन् अनि साताको सात आठ सय कमाउने पनि। स्यालरी एक्सपर्टको अनुमानमा एउटा ब्युटिसीएको सिड्नीमा कमाई सरदर वर्षको ६३ हजार ६ यस ४१ हुन्छ। यो भनेको घण्टाको ३१ डलर जस्तो हो। भरखर काम सुरू गर्नेहरूले ४८ हजार डलर वर्षको कमाउँछन् भने पाँच सात वर्षको अनुभव भएकाहरूले ७५ हजारको दरमा कमाई गर्न सक्छन्।

Post a Comment

Previous Post Next Post

Cookie Policy!

Our Website uses cookies from Google to deliver services and to analyze traffic.

Google Cookie Policy