के तपाईंलाई थाहा छ सपनाको यस्तो तथ्य? सपना देख्नेहरूले जान्नैपर्ने कुराहरू

हरेक मानिसले राति सुतेपछि सपना देख्ने गर्छन्, यहाँसम्म कि आँखा नदेख्ने दृष्टिविहीनले पनि सपना देख्छन् । कतिपय सपना बिहान उठ्दा सम्झिइन्छ भने कतिपय राति नै बिर्सिइन्छ । आउनुस सपनाका बारेमा केही रोचक तथ्यहरू थाह पाउँ ।

Facts about Dream


१. तपाईं सपनामा सही समय बताउन सक्नु हुन्न, तपाइ जति पटक सपनामा समय देख्नु हुन्छ, त्यति नै पटक फरक- फरक समय देखिन्छ ।


२. मान्छे घुरिरहेका बेला सपना देख्न सक्दैन ।


३.तपाईंलाई विश्वास नहुन सक्छ, हाम्रो आँखा खुल्नेवित्तिकै हामी सपनाका ५० प्रतिशत कुरा भुलिसकेका हुन्छाैं । त्यतिमात्र होइन, १० मिनेटपछि हामी सपनाका ९० प्रतिशत कुरा भुलिसक्छाैं ।


४. यदि तपाईंलाई आफूले सपना देख्दिन भन्ने लाग्छ भने तपाईं भ्रममा हुनुहुन्छ, किनकी सबै मानिसले सपना देख्छन्, यद्यपि केही मानिसले सपना बिर्सन्छन् ।


५. एक अनुमानअनुसार एक जना औसत मानिसले वर्षमा १४६० वटा सपना देख्ने गर्छ ।


६. दृष्टिविहीनहरूले पनि सपना देख्छन् । जो पछि गएर अन्धोपनका शिकार भएका हुन्छन्, तिनले सपनामा चित्रआकृतिहरू देख्छन्, तर जो मानिस जन्मैदेखि दृष्टिविहीन हुन्छन्, उनका सपनाका आवाज, छोएर बनेका अमूर्त आकारप्रकार, बासना, भावनाहरू मिश्रित हुन्छन् ।


७. सपनामा हामीले केबल ती अनुहारमात्र देख्छाैं, जसलाई पहिला कहिले हामीले देखेका हुन्छाैं । हाम्रो मष्तिस्कले आफै अनुहारका आकृति बनाउँदैन । हामीले वास्तविक जीवनमा चाहे एक झलक टाढाबाट देखेका व्यक्ति होस् वा फिल्म टीभी अथवा फोटोमा देखेका व्यक्तिका अनुहारमात्र देखिन्छ ।


८. हरेक मानिसको सपना रंगिन हुँदैन । प्रायःजसो  मानिसले सादा (श्यामश्वेत) सपना देख्छन् ।


९. अधिकांस सपनामा चिन्ता वा त्यसले उत्पन्न गर्ने विभिन्न खालका प्रतिक्रियाजन्य, जस्तो सर्पले खेदेको, टोकेको, बाघ-भालु वा कुकुरले खेदेको, टोकेको सपना देखिन्छ । सपनामा नकारात्मक भावना, सकारात्मक भन्दा बढी हुन्छन् ।


१०. जनावरहरूले पनि सपना देख्छन् । अध्ययनहरूबाट के देखिएको छ भने जनावरहरूका दिमागले पनि मानिसका दिमागले जस्तै तरंगहरू छाड्छन् ।


११. पुरुष र महिलाका सपनाहरू अगल-अलग किसिमका हुन्छन् । करिब ७० प्रतिशत पुरुषका सपना अन्य पुरुषका ’boutमा हुन्छन् भने महिलाका सपनामा पुरुष  र महिला दुवैका मिश्रण हुन्छ ।


१२. फेड्रिक ओगस्टले बेनजेन (C6H6) जस्ता जटिल रसायनिक फर्मूला  सपनाबाट उत्प्रेरित भएर बनाएका थिए । उनले सपनामा केही सर्पहरू देखेका थिए, जसले आफ्नो पुच्छर खाइरहेका थिए ।


१३. अमेरिकाका १६ औं राष्ट्रपति अब्राहम लिंकनले आफ्नो मृत्यु भन्दा केही समय पहिला आफ्नी श्रीमतीसँग भनेका थिए- “मैले आफ्नो सपनामा केही मानिसहरू रोइ रहेको देखेको थिएँ ।”


१४. हामीले सुतिरहेका बेला ९० मिनेटमा एउटा सपना अवश्य देखेका हुन्छाैं भने हामीले सबैभन्दा लामो सपना बिहानीपख देख्ने गर्छाैं, जुन ३० देखि ४५ मिनेटसम्म लामो हुन्छ ।


१५. यदि सपनामा फोहर पानी देखियो भने सपना देख्ने व्यक्ति अस्वस्थ्य भएको संकेत हुनसक्छ ।


१६. हाम्रा प्राचिन वेदहरूमा लेखिएको छ- यो संसार वास्तवमा एक सपनामात्र हो र वास्तविकता अरु नै केही छ ।


१७. सपनाका चार चरण हुन्छन्  त्यसमध्ये मुख्य चरण हुन्छ रेपिड आइ मुभमेन्ट REM (Rapid eye movement), यस चरणमा हाम्रो आँखाका पुलतीहरू तीव्र गतिले हल्लिन्छन् । निद्रा गहिरिँदै जाँदा हामी स्लिप प्यारालाइजका अनुभव गर्छाैं, यस अवस्थामा हामी जागृत भए पनि हिडडुल गर्न सक्दनाैं ।


१८. सपनाले हामीलाई सिकाइरहेको हुन्छ । सपनाले अन्जानवसनै हाम्रो  बौद्धिक विकासमा महत्वपूर्ण भूमिका खेलिरहेको हुन्छ ।  दिउँसो सिकेका कुरालाई सपनाले बुझ्न सजिलो बनाइदिन्छ ।


१९. करिब पाँचदेखि १० प्रतिशत मानिसहरूले महिनामा एक-दुई पटक अति नै डरलाग्दा सपना देख्छन्, जहाँ तिनले आफूलाई खेदेकाे, मार्न खोजिएको देख्छन् । १० वर्षमुनिका साना बच्चाले यस्तो सपना बढी देख्छन् ।


२०. विश्वका कैयन आविष्कारहरू सपनाबाट प्रेरित भएर भएका छन्, जसमा सिलाइ मेसिन, डीएनए पत्ता लगाउने विधि आदि छन् ।


२१. पाँच वर्षमुनिका बालबालिकाले सपना देख्दैनन ।


२२. करिब ६ हजार वर्ष पहिला मिश्रमा सपनामाथि पहिलो किताब लेखिएको थियो ।


२३. सपना नदेख्ने व्यक्तिहरूमा पर्सनालिटी डिसअर्डर नामक बिमारी हुन्छ ।


२४. कैयन मानिसहरूमा सपनामा हिड्ने बानी हुन्छ, जुन एक मानसिक रोग हो ।


२५. बिहान देखिएको सपना सत्य हुन्छ भन्ने धेरै मानिसमा भ्रम रहेको पाइन्छ, वास्तवमा यसको कुनै तुक छैन ।


२६. हामी आफ्नो जीवनका ६ वर्ष सपना देख्नमा नै व्यतीत गर्छाैं ।

Post a Comment

Previous Post Next Post

Cookie Policy!

Our Website uses cookies from Google to deliver services and to analyze traffic.

Google Cookie Policy