पुरुष भन्दा महिलाहरु किन बढी बिरामी हुन्छन ?

तपाइले कहिले ख्याल गर्नु भएको छ ? तपाइको परिवारमा पुरुष भन्दा महिलाहरु बढी बिरामी हुने गर्छन । यसै सन्दर्भमा भारतको बैंगलोर, हैदराबाद, कोलकाता, दिल्ली एनसीआर सहरमा एक अनलाइन सर्वेक्षण भएको छ । ‘केयर अन गो’ शिर्षक मा ६ महिनासम्म सर्वेक्षण गरिएको थियो । औषधि अर्डर र किनमेललाई आधार आधार मानेर गरिएको उक्त सर्वेक्षणबाट अनौठो नतिजा आएको छ ।

पुरुषको तुलनामा महिलाको जीवनशैली फरक भएकाले बिरामी बढी हुन्छ । सहरी क्षेत्रमा १८ देखि ३५ बर्षका महिलामा हाइपर टेन्सन, आर्थराइटिस, कम्मर दुख्ने, मोटाउने, डायबिटीज र  थायराइडका बिरामी बढी देखिएका छन् । जीवनशैली संग सम्बन्धित बिरामी अधिक रहेका छन् ।

boy caring girl


औषधि अर्डरमा १२.२४ प्रतिशत अर्डर हाइपरटेंशनको रहेको थियो भने ८.५४ प्रतिशत अर्थराइटिसको थियो । तेश्रो र चौथो नम्बरमा कोलेस्टर र डायबिटीजका समस्या रहेको थियो । महिलाहरु पुरुष भन्दा बढी बिरामी हुन्छन भन्ने बिषयमा बिज्ञहरु सहमत छन् । प्राय जसो महिलाहरु घरमै बस्छन । बाहिर कम निस्किने भएकाले भिटामिन डीको कमी हुन्छ ।


शरीरमा क्याल्सियम संग्रहका लागि भिटामिन डी महत्वपूर्ण मानिन्छ । जसले गर्दा महिलाहरुलाई अर्थराइटिसको समस्या हुन्छ । यसबाट जोर्नी, कम्मर र हड्डीहरुमा दुख्ने समस्या आउछ । प्राय पुरुषको तुलनामा महिलाहरुको मांसपेशी अथवा हड्डी कम्जोर हुन्छन । एक अनुसन्धान अनुसार भिटामिन डी को कमीले डायबीटीजको समस्या निम्तिने सम्भावना हुन्छ ।

Post a Comment

Previous Post Next Post

Cookie Policy!

Our Website uses cookies from Google to deliver services and to analyze traffic.

Google Cookie Policy