यी हुन सेक्सी एयरहोस्टेज राख्ने एयरलाइन्स, उड्ने हो त सुन्दरीसँगै

सवारीसाधनमा यात्रा गर्दा संगैको सिटमा ब्युटीफुल तरुनी परोस भन्ने धेरै केटाहरुको चाहना हुन्छ । केटाहरु मात्रै होइन केटीहरु पनि संगैको साथी राम्रो र रमाइलो गफ गर्न मन पराउने खालको होस् भन्ने चाहन्छन ।

अझ लामो दुरीको यात्रा गर्दा संगैको साथी मन नमिल्ने/नबोल्ने खालको पर्यो भने त्यो भन्दा नरमाइलो अरु के होला र ? सार्वजनिक बस/माइक्रोमा यात्रा गर्दा त यस्तो अनुभूति हुन्छ भने प्लेनमा यात्रा गर्दा कस्तो अनुभूति होला ?  पक्कै पनि जो कसैको मनमा आफ्नो साथमा पर्ने साथी राम्रो र रमाइलो परोस भन्ने चाहन्छन ।
यी त भए संगै यात्रा गर्ने साथीहरुका कुरा । तर कतिपय एयरलाइन्सहरुले भने यात्रुलाई आकर्षण गर्न हट एण्ड सेक्सी एयरहोस्टेजहरु नियुक्त गरेका छन् । ति एयरलाइन्सहरुमा यात्रा गर्दा एयरहोस्टेज संग भावनात्मक मस्ती गर्न पाइन्छ ।
कुन कुन एयरलाइन्समा छन् यस्तो सुबिधा ?
sexy air hostages

 जर्मनी

एक जर्मन ट्राभल एजेन्सीले विश्वको पहिलो नग्न एयरलाइन्स सर्भीसको सुरुवात गरेको थियो । जर्मनीमा शारिरीक खुल्लापन सामान्य विषय हो । आर्थिक मन्दीले सताएको वर्ष सन् २००८ मा जर्मनमा यस्तो एयरलाइन्सको सुरुवात भयो । जसमा यात्रुले लुगा खोलेर यात्रा गर्न सक्दछन् । भित्रि वस्त्रबाहेक अन्य लुगा खोल्न पाइन्छ ।  सो एजेन्सीमा टिकट बुक गरी जर्मनीको एरफर्ट शहरबाट बाल्टिक समुद्र तट सम्म यात्रा गर्न सकिन्छ । 

भियतनाम 

भियतनामको विएटजेट एविएशनका मालिक गुयेन फुओगले आफ्नो एयरलाइन्समा बिकिनी गर्ल्सको व्यवस्था गरेका छन् ।  बिकिनी गर्ल्सनै सो  एयरलाइन्सको एयरहोस्टेज हुन् । फुओग आफ्नो आइडियाका कारण आज अर्बपति बनिसकेका छन् ।

माल्टा

एक वर्ष पहिले एयर माल्टाले आफ्नो यात्रुको लागि नयाँ सेवा सुरु गरेको छ । एयरलाइन्सले यात्रुको लागि फ्री-मसाजको सुविधा सुरु गरेको छ । सो  एयरलाइन्सको फ्लाइटमा एयरहोस्टेजले यात्रुको हात, खुट्टा, गर्दन र टाउको मसाज गर्दछन् । त्यती मात्र नभई  एयर माल्टाले  स्पा र ब्यूटी प्रोडक्ट्सको लागि वाउचर सर्भीसको पनि सुरू गरेको छ ।

एयर न्यूजिल्याण्ड 

एयर न्यूजिल्याण्डले सन् २०११ मा  लामो दुरीको यात्रुको लागि नयाँ सेवा सुरु गर्‍यो । न्यूजिल्याण्डबाट लस एन्जल्स सम्म जानेहरुका लागि यस्तो सिट बनाइएको छ जसमा खुट्टा फैलाएर सुत्न सकिनेछ । यस विमानमा विवाहित जोडी र परिवार भएकाहरुले यात्रा गर्न मन पराउने सो एयरलाइन्सले जनाएको छ ।

हुटर्स एयरलाइन्स


हूटर्स एयरलाइन्सले पनि यात्रीहरुको लागि गजबको सेवा सुरु गरेको छ । सो एयरलाइन्सको विमानमा यात्राको समय हट होस्टेसले यात्रीलाई भरपुर सेवा दिन्छन् । यात्राको क्रममा ती होस्टेजले कयौ खालका गेम्स देखाउछन् ।

Post a Comment

Previous Post Next Post

Cookie Policy!

Our Website uses cookies from Google to deliver services and to analyze traffic.

Google Cookie Policy