सात कक्षा फेल तर हुन सफल भए करोडौंको मालिक

भनिन्छ नि मानिसका जीवनले कतिखेर कोल्टे फेर्छ भन्नै सकिन्न। जस्तो सुकै कठिन समय होस्, केबल आफूमा केही गर्ने हिम्मत, चाहना र इच्छाशक्ति भने हुनुपर्छ । सामान्यतया हाम्रो समाजमा असफलतालाइ सकारात्मक ढंगले हेर्ने चलन नै छैन, त्यसका सट्टा सानोतिनो असफलतामै बच्चाहरूलाई गाली गर्ने, हप्काउने, कुटपिट गर्नेदेखि केही अभिभावकले त घरबाटै निकालिदिनेसमेत गरेका देखिन्छ । जबकी, यदि हामीले बच्चाहरूलाई सम्झाई बुझाई गर्ने हो, उत्प्रेरणा दिने हो भने आफ्नो गल्तीबाट सिकेर भविष्यमा सफल बनेका उदाहरण पनि कैयन छन् ।

भारतका विमल पटेललाई पनि उनका पिताले सात कक्षामा फेल भयो भनेर घरबाट निकालिदिएका थिए । आज तिनै विमल भारतका ज्वेलरी सम्राटका रूपमा चिनिन्छन् । उनको भारतको महाराष्ट्रमा मात्रै गरगहनाका ५२ बिक्री कक्ष छन् भने उनको  कम्पनीमा हाल ५५० मानिसहरूले काम गर्नेगर्छन् ।  उनको कम्पनी भारतका ‘१०० करोड क्लब’ (अर्बपति क्लब)मा पर्छ ।

Bimal Patel

जब बाबुले घरबाट निकालिदिए

गुजरातकाे आणन्द भन्ने ठाउँका विमल पटेलका पढ्न खासै मन लाग्दैन थियो, शायद यही कारणले हुनसक्छ उनी सात कक्षाको वार्षिक परीक्षामा फेल नै भए । एक दिन विमलले ससानो कुरामा छिमेकीसँग झगडा गरे । यो कुरा उनका बुवालाइ पचेन र उनले रिसका झ्वाँकमा विमललाइ घरैबाट निकाली दिए। 

हिरा काट्ने/चम्काउने काम

पछि रिस शान्त भएपछि उनका बुवाले घरमा बोलाए । उनका बुवा हिरा काट्ने, चम्काउने काम गर्थे । घरको आर्थिक अवस्था कमजोर भएका कारण उनका बुवाले उनलाई आफूसँगै काम सिक्न भने ।

मासिक चार हजारको आम्दानी

विमलले बम्बई गएर आफ्नो नयाँ जिन्दगी शुरू गर्ने निर्णय लिए । बम्बई (हालको मुम्बई) पुगेपछि उनले हिरा टल्काउने मजदूरको काम पाए । दिनभरि मजदुरका काम गरेपछि उनले मासिक चार हजार भारु पाउँथे ।

व्यवसायमा हात

उनले  हिरा टल्काउने मजदूरका रूपमा दुई वर्षसम्म काम गरे । यही बीचमा उनको पारिश्रमिक पनि ७५ प्रतिशतसम्म बढ्यो , तर उनले यही ढंगले चल्दै गए आफू अघि बढ्नै नसक्ने निष्कर्ष निकाले । उनका केही साथीहरू कच्चा हिरा (रफ डायमन्ड) र रत्नपत्थरको दलालीका काम गर्थे र त्यसबाट कमिसन आर्जन गर्थे । उनले सन् १९९७ मा आफ्ना साथीहरूसँग मिलेर काम गर्न थाले अनि हिरा र रत्नपत्थर व्यवसायका मिहिन कुराहरू सिके ।

आफ्नै व्यवसाय

सन् १९९८ मा विमलले आफ्नै व्यवसाय आरम्भ गरे । उनले श्रीलंका र थाइल्यान्डका व्यवसायी तथा बम्बईका स्थानीय व्यापारी तथा गरगहना बनाउनेहरूबीच दलाली गर्नुपर्थ्यो । यस कामबाट उनले दैनिक एक हजारदेखि दुई हजार भारुसम्म आम्दानी गर्थे । यसरी उनले मुम्बईका विभिन्न क्षेत्रहरूमा आफ्नो पहुँच स्थापना गरे र सन् १९९९ मा ५० हजार रूपैयाँको बचतबाट “ विमल जेम्स” नामक कम्पनी खोले ।

शून्यमा झरे विमल

प्रारम्भमा आफ्नै केही दाजुभाइहरूका सहयोगबाट कम्पनी सञ्चालन गर्न थालेका विमलले पहिलो वर्ष नै निकै राम्रो लाभ गर्न सफल भयो । पहिलो वर्ष उनको कम्पनीले ८ जनाका सहयोगबाट १५ लाख भारुको खुद कारोबार गर्‍यो। तर सन् २००१ का वर्ष उनका लागि कठिन समय साबित भयो । विमलको कम्पनीमा काम गर्ने एउटा कामदार कच्चा हिरा तथा रत्नपत्थर आपूर्तिकर्ताको २९ लाख रूपैयाँबराबरको हिरा र रत्नपत्थर लिएर फरार भयो । विमलले आफ्नो पूरै लगानी त्यही कच्चा हिरा तथा रत्नपत्थर  आपूर्तिकर्ताका नोक्सानी तिर्नका लागि खर्च गर्नुपर्‍यो ।  यसरी एक पटक फेरि विमल शून्यमै झरे, तर उनले हार मानेनन् । उनको व्यवसायले पुनः जीवन पायो ।

मन्दीपछिका व्यापारको चढाव

सन् २००८ मा उत्पन्न भएको विश्वव्यापी आर्थिक मन्दी र त्यसले भारतीय बजारमा पारेको प्रभावबाट समेत उनी नराम्रोसँग प्रताडित भए । तर मन्दीका बेलामा व्यापार गर्ने उपाय उनले खोजी हाले । उनले खुद्रा व्यापारमा पनि हात हाले । उनले जलगाँउमा पहिलो ज्वेलरी पसल खोले र एक जना ज्योतिषलाई पनि काममा राखे । ज्योतिषीका मद्दतबाट ग्राहकले सही रत्न छान्न र लगाउने उत्प्रेरित गर्ने उनको आइडियाले काम गर्‍यो । पहिलो दिन नै लाखाैंका कारोबार भयो ।

५२ बिक्री कक्ष

त्यसपछि उनले पछाडि फर्केर हेर्नु परेको छैन । अहिले  सुवर्णस्पर्श जेम्स एन्ड ज्वेलरीकका भारतको महाराष्ट्रभरिमा ५२ वटा बिक्री कक्ष छन् भने उनले वाशी नामक स्थानमा जेम्स र ज्वलरी फ्याक्ट्री पनि खोलेका छन् । निकट भविष्यमै उनले भारतभरि आफ्नो शाखा विस्तार गर्ने तयारी गरेका छन् ।

Post a Comment

Previous Post Next Post

Cookie Policy!

Our Website uses cookies from Google to deliver services and to analyze traffic.

Google Cookie Policy