रुढीवादी, सपना र त्यसले पार्ने प्रभावका बारेमा सोध्ने वा सुनाउनेलाई सबैभन्दा पहिले दिने तथा पाउने जवाफ यही हो। मानिस जतिसुकै आधुनिक भएको स्वांग पारोस् उसले आफूलाई सपनाको संसार भन्दा पर राख्न सक्दैन। सपनाको छुट्टै संसार छ, जहाँ हाम्रो अवचेतन मनले हामीलाई निन्द्राको समयमा लैजान्छ। मानिसका सबैजसो अंग र प्रणाली सुसुप्त अवस्थामा रहेको समयमा सपना देखिने भएकाले कतिपयलाई यो भ्रम जस्तो पनि लाग्न सक्छ। त्यसैले धेरैले सपनाको कुरालाई भ्रम वा अन्धविश्वास भनेर टार्ने गरेको पनि पाइन्छ।
यो पनि पढ्नुस्: के तपाईंलाई थाहा छ सपनाको यस्तो तथ्य?
तर लामो समय देखी हाम्रो समाज र परम्पराले सपनालाई एउटा महत्वको पक्षका रुपमा स्वीकारेको छ। सपनाको भाषा सांकेतिक हुन्छ र त्यसले दिने फल पनि सांकेतिक नै हुन्छ। त्यसैले त प्राचिन कालमा राजा महाराजाहरुले सपनाको अर्थ पत्ता लगाउनका लागि पण्डित एवं स्वप्न विशेषज्ञहरु राखेका हुन्थे। किन भने हरेक सपनाले कुनै न कुनै अर्थ राखेको हुन्छ। र त्यसले विपना र भविष्यको पनि संकेत गरेको हुन्छ। पृथ्वीनारायण शाह जन्मनु अघि उनकी आमाले सूर्य निलेको सपना देखेको इतिहासमा लेखिएकै कुरा हो। जसले सूर्य जस्तै पराक्रमी पृथ्वीनारायण शाहको जन्मलाई संकेत गरेको अनुमान गरिन्छ।
हामीले देख्ने कतिपय सपना आनन्द र खुसी दिने हुन्छन् भने कतिपयले डर र त्रास दिन्छन्। सपनाको सम्बन्ध आत्मासँग हुन्छ। जसरी मानिस मरेपनि आत्मा मर्दैन त्यसरी नै मानिस सुतेको भएपनि उसको आत्मा सुत्दैन। जब मानिस निन्द्रामा हुन्छ त्यतिखेर उसको आत्मा शरिरबाट अलग भएको हुन्छ। जतिखेर मानिसको सबै इन्द्रिय पनि काम गरिरहेका हुँदैनन त्यतिखेर हुने अनुभव हो सपना। जसले जिवनको नै संकेत गरिरहेको हुन्छ। त्यसैले सपनालाई वेवास्ता पनि नगर्नुहोस्, यसले भूत, भविष्य र वर्तमानको जानकारी दिएको हुन्छ।
यहाँ यस्ता ७८ सपनाको फलको चर्चा गरिएको छ, जसले तपाइँको जिवनमा संकट, समस्या, फसाद र खतराको संकेत गरेका हुन्छन्।
(1) सानो जुत्ता लगाएको देखे – कुनै महिलासँग झगडा हुने
(2) चन्द्रमा देखे – कुनै आकस्मिक समस्या आउन सक्ने
(3) चन्द्र ग्रहण देखे – बिरामी हुन् सक्ने
(4) आँखामा गाजल लगाएको देखे – शारीरिक पीड़ा
(5) रुदै गरेको ब्वाँसो- दुर्घटनाको संभावना
(6) चक्का देखे – शत्रुओं के हाथों नुकसान
(7) दांत टुक्रा बहेको देखे – समस्याको वृद्धि
(8) धुवा देखे – ब्यापारमा नोक्सान वृद्धि
(9) भूकम्प देखे – संतानको कष्ट
(10) आफ्नै हात काटेको देखे – कुनै नजिक आफन्तको मृत्युको समाचार सुनिने
(11) सुख्खा बगैचा देखे – ठूलो कष्ट
(12) भेडा देखे – दुश्मनको डर
(13) राजनेताको मृत्यु देखे – देशमा समस्या हुने
(14) पहाड़ हल्लिएको देखे – कोही बिरामी पर्न सक्ने
(15) थूक देखे – समस्यामा पर्नु
(16) चरा रोएको देखे – कंगाल हुनु
(17) दलदल देखे – चिन्ता बढ्ने
मसान घाटमा बसेर रक्सि पिएको सपना देख्नु भएको छ भने त्यसले छिट्टै मृत्यु हुने संकेत गरेको हुनसक्छ
(18) कैंची देखे – घरमा झगडा
(19) चिम्टी देखे – कुनै समस्यामा वृद्धि
(20) सुराही देखे – नराम्रो संगतले घाटा
(21) बिरालोको झगडा देखे – मित्रसंग झगड़ा
(22) सेतो बिरालो देखे – धनको हानी हुने
(23) लोमड़ी देखे – कुनै घनिष्ट व्यक्तिसंग धोका
(24) सुख्खा जंगल देखे – केही कारण समस्या आउन सक्ने
(25) चील देखे – शत्रुको भय
(26) आफुलाई आफैले दिवालिया घोषणा गरको देखे – व्यवसाय चौपटहुन् सक्ने
27) सुन लिएको देखे – धनको हानी
(28) काग देखे – मृत्युको खबर हुनिने
(29) धुवा द्केहे – व्यापारमा हानी
(30) भुकम्प देखे – संतानको कष्ट
(31) मसान घाटमा रस्क्सी पिउनु- शीघ्र मृत्युको सम्भावना
(32) उल्लू देखे – धनको हानी
(33) कोइला देखे – व्यर्थ विवादमा फस्ने
(34) मृत व्यक्तिको पुकार गरेको देखे – विपत्ति एवं दुख
(35) रुखबाट लडेको देखे – बिरामी पर्न सक्ने
(36) सुख्खा अन्न खाएको देखे – समस्या बढ्न सक्ने
(37) शरीरका कुनै अंग काटेको देखे – कोही निकट व्यक्तिको मृत्यु योग
(38) चट्याङ द्केदेखे – संकटमा फस्न सक्ने
(39) तन्ना देखे – बदनामीको योग
(40) रत्न देखे – व्यय एवं दुख
(41) बाढीपहिरो देखे – व्यापारमा हानी
(42) लाश देखे – झगड़ा हुने
(43) जाल देखे – मुद्धा मामिलामा हानी
(44) ढोल देखे – दुर्घटनाको भय
(45) पकेट काटेको देखे – व्यापारमा घाटा
(46) फूलमाला देखे – कसैले निन्दा गरेको
(47) जुनकिरी देखे – राम्रो समयको सुरुआत
(48) भालुको बच्चा गुडिया देखे – व्यापारमा हानी
(49) डॉक्टर देखे – स्वास्थ्य सम्बन्धी समस्या
(50) अस्त्र-शस्त्र देखे – मुद्धा हार्ने
(51) तर्पण गरेको देखे – परिवारमा कुनै ठूलो व्यक्तिको निधन हुन् सक्ने
(52) उत्सव मनाएको देखे – शोक पर्न सक्ने
(53) कोर्ट-कचहरी देखे – विवादमा पर्न सक्ने
(54) नाच-गाना देखे – अशुभ समाचार मिल्ने
(55) भीख मागको देखे – धन हानि
(56) हथकड़ी देखे – भविष्यमा ठूलो संकट
(57) परेवा देखे – रोगबाट छुटकारा
(58) अजिंगर देखे – व्यापारमा हानी
(59) काग देखे – नराम्रो सूचना मिल्ने
(60) माथिबाट खसेको देखे – संकटमा फस्ने
(61) साँढे देखे – अन्न महँगो हुने
(62) बांसुरी बजाएको देखे – चिन्ता हुने सम्भाबना
(63) आफै बिरामी – जीवनमा कष्ट
(64) आंधी-तूफान देखे – यात्रामा कष्ट
(65) माथिबाट खसेको देखे – घरमा कुनै चिन्ता आइ लाग्ने
(66) पानी परेको देखे – घरमा अन्नको कमी
(67) बरफ देखे – मौसमी बिरामी हुने
(68) ऊँटको सवारी देखे – रोगग्रस्त हुने
(69) घोडाबाट लडेको देखे – व्यापारमा हानी
(70) तलाउमा नुहाएको देखे – शत्रुबाट हानी
(71) खानाको थाल देखे – धनहानिको योग
(72) सेतो बिरालो देखे – धनको हानि
(73) कपाल छरिएको देखे – धनको हानी बढ्ने सम्भावना
(74) सुँगुर देखे – शत्रु बढ्ने वा स्वास्थ्य संबन्धी समस्या
(75) भैसी देखे – कुनै समस्यामा पर्ने
(76) पिजडा देखे – कैद हुने योग
(77) तेल पिएको – कुनै ठूलो रोगको आशंका
(78) तिल खाएको देखे – कलंक लाग्ने
Post a Comment