अष्ट्रेलियाका १५० कलेज बन्द

अष्ट्रेलिया सरकारकाले ‘घोष्ट कलेज’ भनिने पढाई नहुने तर अन्तर्राष्ट्रिय विद्यार्थीलाई भिजा दिनका लागी सिमित भएका भनेर १५० कलेज बन्द गरिदिएको छ। साथै अरू १४० कलेजलाई यो वर्ष सम्म पढाई र तालिमको गुणस्तर सुधार गर्न नसके बन्द गरिदिने भनेर चेतावनी समेत दिएको छ। उनीहरूले पढाईको गुणस्तर कायम गरे नगरेको अष्ट्रेलियन स्किल क्वालिटी अथोरीटि (एस्क्वा)ले नियमन गर्ने र नगरेको भेटिएमा उनीहरू पनि खारेजीमा पर्नेछन्।

college closed

यसरी बन्द तथा खारेजीमा पर्ने कलेजहरूले निर्णयको विरूध्दमा अपिल गर्न पाउने भएपनि विद्यार्थीलाई भने अर्को कलेजमा जान तथा भिसाका शर्तहरू पालना गर्नमा समस्या आउन सक्दछ। अष्ट्रेलियाको भेट क्षेत्र भनिने रजिस्टर्ड ट्रेनिङ अर्गनाईजेसन (आरटिओ) कलेजहरूमा यस्तो समस्या रहेको २०१८ को ब्रेथवेट रिभ्यूले नै देखाई सकेको थियो। पछिल्लो समय लेबरले चुनाव जितेर एन्थोनि अल्बानिजी प्रधानन्त्रि भएपछी सन् २०२३ निक्सन रिभ्यूले दिएको प्रतिवेदन साथै २०२३ कै अन्तराष्ट्रिय शिक्षा बारेको अन्तरिम प्रतिवेदनले यो क्षेत्रको समस्याहरू औंल्याएको थियो। अल्बानिजी सरकारले अहिले अष्ट्रेलियाको माईग्रेसन र एजुकेशन क्षेत्रमा रहेका समस्याहरू सल्टाउन कडा कदमहरू चाल्दै आईरहेको छ। 

नक्कली कलेज भनेर पहिचान भएका कलेजमा पढेको भनेर नक्कली दाबी गरेर विद्यार्थी भिजा लिनेहरूलाई भिजा क्यान्सिल गरेर डिपोर्ट गर्नुपर्ने माग पनि उठ्दै आएको छ। अष्ट्रेलियाको माईग्रेसन विज्ञ डाक्टर अबुल रिज्वीले अन्तर्राष्ट्रिय विद्यार्थी जसले नियमित रूपमा कलेजमा पढिरहेको छैन भने उक्त विद्यार्थीले विद्यार्थी भिजाको शर्त उल्लंघन गरेको छ, त्यस्ताको भिजा क्यान्सिल हुनुपर्ने न्युजडटकमडटएयुलाई बताएका छन्। जसले भिजाका शर्त मानेको छ उनीहरूलाई बन्द भएका कलेजबाट अरू कलेजमा सर्नको लागी सघाउनु पर्ने उनको भनाई छ।

Post a Comment

Previous Post Next Post

Cookie Policy!

Our Website uses cookies from Google to deliver services and to analyze traffic.

Google Cookie Policy