अब अष्ट्रेलिया पढ्नको लागी विद्यार्थीहरूले धेरै प्रतिस्पर्धा गर्नुपर्ने भएको छ। आगामी वर्ष २०२५ को लागि अष्ट्रेलिया सरकारले विदेशी विद्यार्थीको लागी संख्या तोकेपछी अष्ट्रेलिया पढ्नको लागी धेरै प्रतिस्पर्धा गर्नुपर्ने भएको हो। आगामी वर्षका लागी अष्ट्रेलियाले अन्तर्राष्ट्रिय विद्यार्थीको संख्या दुईलाख ७० हजार तोकेको छ।
यो पनि पढ्नुस्ः अन्तर्राष्ट्रिय विद्यार्थी डिपोर्ट गर्न अष्ट्रेलिया सरकारलाई दबाब
मंगलबार सरकारले गरेको घोषणा अनुसार अबका वर्षहरूमा सार्वजनिक विश्वविद्यालयका लागी वार्षिक नयाँ एक लाख ४५ हजार विद्यार्थीहरू छुट्याईनेछ। त्यस्तै व्यावसायिक शिक्षा तथा तालिम (भेट) क्षेत्रमा ९५ हजार तथा अन्य उच्च शिक्षा प्रदायकहरूमा ३० हजार अन्तर्राष्ट्रिय विद्यार्थीलाई अनुमति दिनेछ ।
नेशनल प्लानिङ लेबलका रूपमा आउने यो विद्यार्थीको संख्या तोक्ने सरकारको योजना संसदबाट पास भएको खण्डमा अष्ट्रेलियाका विश्वविद्यालय र कलेजहरूले कोभिड महामारी भन्दा अगाडीको संख्यामा अन्तर्राष्ट्रिय विद्यार्थी पाउने छन्। यसरी तोकिएका संख्यामा अंग्रेजी भाषा पढ्न आउने विद्यार्थी, विद्यालय तहमा आउने विद्यार्थी, उच्च तहमा अनुसन्धानमूलक अध्ययनमा आउने, सरकारले छात्रवृत्ति प्रदान गरेका लगायतका विद्यार्थीहरूको गणना हुने छैन।
सन् २०२६ देखी सरकारले विश्वविद्यालयहरूलाई विद्यार्थीका लागी थप छात्रावासको व्यवस्था गर्नको लागि प्रोत्साहन गर्ने छ। यतिखेर अष्ट्रेलियामा रहेको आवास सम्बन्धि समस्याको कारण अन्तर्राष्ट्रिय विद्यार्थी भएको आरोप लाग्दै आएको छ।
Post a Comment