‘भ्यालेन्टाइन्स डे’का केही रोचक तथ्यहरू

सबैलाइ थाह छ फेब्रुअरी १४ तारिख विश्वभरि नै  प्रणय दिवस अर्थात भ्यालेन्टाइन डेका रूपमा मनाइन्छ । याे प्रेमका दिन हो, आफ्नो माया प्रेम अभिव्यक्त गर्ने दिन हो । युवा मुटुहरू यस दिनका ब्यग्रताका साथ प्रतीक्षा गर्ने गर्छन । हरेक प्रेम गर्ने मानिसका लागि यसका अलग्गै महत्व छ । प्रेमीप्रेमिकालाई मनपर्ने उपहार, फूल, कार्ड आदानप्रदान गर्नुका साथै प्रेमको पहिलो प्रस्ताव राख्ने उपयुक्त अवसरका रुपमा यस दिनलाई लिइन्छ ।

Valentines day card

‘भ्यालेन्टाइन डे’का केही रोचक तथ्यहरू

भ्यालेन्टाइन डे  विश्वभरि नै मनाइन्छ । नेपालमा कहिलेबाट याे मनाउन थालियो भन्ने आधिकारिक जानकारी छैन । भारतमा भने १९९०का दशकदेखि मनाउन थालिएको पाइन्छ ।

भ्यालेन्टाइन डेका दिन नेपालमा २ करोड रूपैयाँबराबरको गुलाबका फूल किनबेच हुन्छ । भ्यालेन्टाइन डेका दिनमात्र २ लाख स्टिक गुलाबका फूल बेचिने गरेको छ ।

रोज डेः भ्यालेन्टाइन डेको पहिलो दिन  फेब्रुअरी ७ तारिखबाट सुरु हुन्छ, जसलाई  रोज डे भनिन्छ । रोज डेका दिन प्रेमीप्रेमिकाले एकअर्कालाई गुलाबको फूल दिन्छन् ।

प्रपोप डेः रोज डेको भोलिपल्ट अर्थात फेब्रुअरी ८ का दिन प्रपोप डे मनाइन्छ । प्रपोज डेका दिन आफूले मन पराएका वा मन पराइएकीलाई प्रेम प्रस्ताव राखिन्छ ।

चकलेट डेः  फेब्रुअरी ९ का दिन चकलेट डे मनाइन्छ । यस दिन आफ्ना प्रेमी वा प्रेमिकालाइ चकलेट दिएर प्रेममा मिठास भरिन्छ ।

टेडी डेः फेब्रुअरी १०  का दिन टेडी डे मनाइन्छ । यस दिन प्रेमी वा प्रेमिकालाई विशेष उपहार स्वरुप टेडी बियरका खेलौना उपहार दिइन्छ ।

प्रमिस डेः फेब्रुअरी ११  का दिन प्रमिस डे मनाइन्छ । यस दिन आफ्नो प्रेम अन्तिम अवस्थासम्म कायम राख्नेछु भनेर आफ्ना  प्रेमी वा प्रेमिकासँग विशेष वाचाबन्धन गरिन्छ ।

हग डेः फेब्रुअरी १२  का दिन हग डे मनाइन्छ । यो भ्यालेन्टाइन डेभन्दा दुई दिनअघि मनाइने यस दिवसका दिन आफ्ना प्रेमीप्रेमिकालाइ अंगालोमा बेरिन्छ ।

किस डे- फेब्रुअरी १३  का दिन किस डे मनाइन्छ । यस दिन आफ्नी प्रेमी-प्रेमिकालाई चुम्बन गरेर प्रेम व्यक्त गरिन्छ ।

भ्यालेन्टाइन डे- फेब्रुअरी १४ का  यो प्रेमीप्रेमिकाका लागि विशेष सम्झनायोग्य दिनका रूपमा रहोस् भनेर प्रेमका सबै उपायहरू अबलम्बन गरिन्छ ।

Valentines Day couple

भ्यालेन्टाइन डे सन्त भ्यालेन्टाइनका नाममा मनाइन्छ ।

सन्त भ्यालेन्टाइन ई. पू. २६९ मा शहिद भएका थिए, उनलाई १४ फेब्रुअरी २६९ दिन फ्लोमिनिया मृत्युदण्ड दिइएको थियो ।

विश्वको पहिलो भ्यालेन्टाइन कार्ड सन् १५४१ मा पठाइएको थियो ।

सन्त भ्यालेन्टाइनकाे अवशेष रोमको सेन्ट फ्रेंक्स्ड चर्च र डबलिन (आयरल्यान्ड)  को स्ट्रीट कामिलेट चर्चमा राखिएको छ ।

विशप टर्नीलाई पनि प्रेमका भ्यालेन्टाइन भनिन्छ, उनी ई. पू.  १९७ मा सम्राट अरोलियनका यातनाका कारण शहिद भएका थिए ।

क्याथोलिक विश्वकोषमा तेस्रो सन्त भ्यालेन्टाइनका नाम पनि उल्लेख गरिएको छ ।

मलेसियाका मुशलमानहरूले भ्यालेन्टाइन डे मनाउँदैनन ।

साउदी अरेबियामा भ्यालेन्टाइन डेको दिन छुट्टी बस्न पाइदैँन ।

जापानमा केवल पुरुषहरूले मात्र भ्यालेन्टाइन डे मनाउँछन् ।

इरान सरकारले सन् २०११ मा भ्यालेन्टाइन डेलाई प्रतिबन्ध गरिदिएको छ ।

इन्डोनेशियामा पनि यो दिवस प्रतिबन्ध छ । यहाँ पनि भ्यालेन्टाइन डेका दिन कार्ड आदानप्रदान गर्ने, गुलाफ दिने वा घुम्न जाने काम वर्जित छ ।

अमेरिकामा १ खर्ब रूपैयाँभन्दा बढीका भ्यालेन्टाइन कार्डमा खर्च गरिन्छ ।

Post a Comment

Previous Post Next Post

Cookie Policy!

Our Website uses cookies from Google to deliver services and to analyze traffic.

Google Cookie Policy