अष्ट्रेलियामा पानीमा डुबेर एक नेपालीको मृत्यु अर्कोको अवस्था गम्भीर

अष्ट्रेलियामा नेपाली नयाँ वर्षको दिन पानीमा डुबेर एक नेपालीको मृत्य भएको छ। सिडनी नजिकै रहेको शहर न्यूक्यासलको 'शोल वे' बीचमा पौडि खेल्ने क्रममा एक नेपाली युवाको निधन भएको हो। उनीसँगै गएका अर्काको अवस्था गम्भिर छ। उनीहरूलाई सोमबार दिउँसो करिब २ः४५ मा उद्धार गरिएको थियो। 

Zeneath beach Newcastle

२४/२५ उमेका दुई नेपाली युवा जेनिथ बीच पुगेका थिए। उनीहरू पौडने क्रममा समुन्द्रको छालले तान्न थालेपछी वरपर रहेकाहरूले आपतकालिन सेवाका लागी उद्धारका लागी सहयोग मागेका थिए। उनीहरूलाई समुन्द्रबाट तटमा ल्याईसकेपछी स्थानिय प्रहरीले उनीहरूलाई 'सीपीआर' दिएका थिए। दुई मध्ये एकको त्यहीँ मृत्य भएको घोषणा गरिएको थियो। 

अर्का २५ वर्षिय युवालाई जोन हण्टर अस्पताल लगिएको छ। त्यहाँ उनको उपचार भईरहेको छ। स्थानिय मिडियाका समाचार अनुसार उनको अवस्था गम्भिर छ। 

न्यूसाउथवेल्स प्रहरीले नै उनीहरू नेपाली रहेको जानकारी दिएको छ। 

न्यूक्यासलको प्रसिद्ध र सुन्दर जेनिथ बीच भएपनि यसको सतह भित्रको छालबारे जानकार नहुँदा मानिसहरू दुर्घटनामा पर्ने र ज्यान गुमाउने गरेको बताईन्छ।

Post a Comment

Previous Post Next Post

Cookie Policy!

Our Website uses cookies from Google to deliver services and to analyze traffic.

Google Cookie Policy