न्यूक्यासलमा ज्यान गुमाउने राजकुमारको लागी उठ्यो २५ हजार डलर

अष्ट्रेलियामा नेपाली नयाँ वर्षको दिन पानीमा डुबेर मृत्य भएका राजकुमारको शव नेपाल लैजान सुरू गरिएको सहयोग अभियानमा २५ हजार डलर भन्दा बढी उठेको छ। सिडनी नजिकै रहेको शहर न्यूक्यासलको 'शोल वे' बीचमा पौडि खेल्ने क्रममा उनको निधन भएको थियो।

गोफण्डमीमा सखिना अधिकारी केसीले सुरू गरेको सहयोग संकलन अभियानमा उहाँ सात वर्ष देखी घर नगएको र घरमा आमा मात्र रहेको उल्लेख छ।  

Gofundme for rajkumar



सहयोग उठाउनका लागि लेखिएको पोस्टमा आफन्त सखीना अधिकारी केसीले राजकुमारको शव नेपाल पठाउन आर्थिक सहयोग जुटाइरहेको उल्लेख गरेकी छन्। उक्त पोस्टमा राजकुमार उज्यालो भविष्यको सपना बोकेर अष्ट्रेलिया आएका एक असल, दयालु र मृदुभाषी व्यक्ति रहेको उल्लेख छ। उनको २५औँ जन्मदिनको अघिल्लो दिन समुद्रमा डुबेर निधन भयो। 

सहयोगमा उठेको रकम शव नेपाल पठाउन लाग्ने ढुवानी खर्च, कागजी प्रक्रिया, दूतावासको व्यवस्थापन तथा अन्त्येष्टि कार्यमा खर्च गरिनेछ।

बढाईयो सहयोगको सीमा 

सुरूमा राजकुमारको शव नेपाल लैजान तथा परिवारको सहयोगको लागि २० हजार डलर आवश्यक रहेको भनेर गोफण्डमी गरेपनि सहयोग जुट्नेक्रम बढेपछी आवश्यक रकमको सीमा बढाईएको छ। यतिखेर त्यो रकमको अंक ३० हजार डलर पुरयाईएको छ। सहयोग उठाउने क्रममा धेरै सहयोग राशी जुट्न थालेपछी रकमको सीमा बढाईएको थियो। यसबारेमा सखीनाले फेरी अपडेट पनि हालेकी छिन्। जुन रकम मृतकको आमाका लागी प्रदान गरिने छ, जसले यतिखेर अकल्पनिय दुखको सामना गर्नुपरेको छ। 

तपाईंले तलको लिंकमा गएर आफ्नो तर्फबाट सहयोग गर्न सक्नुहुन्छः 

https://www.gofundme.com/f/sending-rajkumar-body-to-his-single-mom 


Post a Comment

Previous Post Next Post

Cookie Policy!

Our Website uses cookies from Google to deliver services and to analyze traffic.

Google Cookie Policy