यि हुन अष्ट्रेलियामा धेरै कमाई हुने काम

अष्ट्रेलिया अवसरै अवसरको देशका रूपमा चिनिन्छ। यहाँ काम गर्न सक्ने शीप भएका दक्ष मानिसहरूका लागी अवसरै अवसर रहेको बताईन्छ। पछिल्लो समय धेरै नेपालीहरू विद्यार्थीका रूपमा अष्ट्रेलिया जाने गरेका छन्। त्यसको प्रमुख कारण पनि अष्ट्रेलियामा कमाउन सक्ने अवसर नै हो। यहाँ कमाई र बचतको बारेमा धेरै कुरा हुने गरेको पाईन्छ। अष्ट्रेलियाको खानी, कृषि र पर्यटनको क्षेत्र विशेष छन्। कम जनसंख्या र बढी मात्रमा रहेको प्राकृतिक श्रोत साधनका कारण अष्ट्रेलिया लामो समय देखी 'लक्कि कन्ट्री'का रूपमा स्थापित छ। 

Team of doctors

यहाँ काम गर्नेहरूले राम्रो सेवा सुविधा पाउँछन्। साप्ताहिक तलब साथै संचयकोषको व्यवस्था नीजि तथा अस्थायी जागिरहरूमा पनि हुन्छ। विदेशीहरू घुम्न देखी पढ्न आउने भएकाले होटल, रेष्टुरेन्टमा काम गर्नेहरूले पनि मनग्गे कमाई गरिरहेका हुन्छन्। नेपालबाटै हेर्ने हो भने पनि अष्ट्रेलिया पढ्न भनेर गएकाहरूले १० देखी १२ वर्षमा सिड्नीमा दुई देखी तीनवटा घर, गाडी र राम्रो सेभिङ गरेको देख्न सकिन्छ। 

नेपालीहरूले नर्सिङ, हस्पिटालिटी लगायतका क्षेत्रमा काम गरेर राम्रो पैसा कमाएका कारण घर जग्गा किनबेचमा एजेन्टका रूपमा काम गर्ने नेपालीकै पनि संख्या उल्लेख्य हुन थालेको छ। यस्तो अवसरको खानी भनिएको अष्ट्रेलियामा गत आर्थिक वर्षमा सबै भन्दा धेरै कमाई गर्नेहरू भनेर अष्ट्रेलियन कर कार्यालयले निम्न पेशामा काम गर्नेहरूलाई उल्लेख गरेको छ: 

१ - सर्जनको कमाई वर्षको चार लाख ७२ हजार चारसय ७५ अष्ट्रेलियन डलर 

२ - एजेस्थेटिस्सटस्को कमाई वर्षको चार लाख ४७ हजार एकसय ९३ अष्ट्रेलियन डलर 

३ - फाईनान्सियल डिलर तीनलाख ५५ हजार दुईसय ३३ अष्ट्रेलियन डलर वार्षिक  

४ - ईन्टरनल मेडिसिन स्पेशलिस्ट तीनलाख ४२ हजार चारसय ५७ अष्ट्रेलियन डलर वार्षिक

५ - साईकाट्रिस्ट दुई लाख ८६ हजार एकसय ४६ अष्ट्रेलियन डलर वार्षिक

६ - अरू मेडिकल प्राक्टिसनर (जीपी लगायत) दुईलाख ५९ हजार आठसय दुई अष्ट्रेलियन डलर वार्षिक

७ - माईनिङ ईंजिनियर दुईलाख छ हजार चारसय २३ अष्ट्रेलियन डलर वार्षिक

८ - अदालत र अरू न्याय क्षेत्रमा काम गर्नेहरू वकिल लगायत दुई लाख छ हजार चारसय आठ अष्ट्रेलियन डलर वार्षिक

९ - प्रमुख कार्यकारी अधिकृत (सिईओ) तथा प्रबन्ध निर्देशक (म्यानेजिङ डाईरेक्टर) एकलाख ९४ हजार नौसय ८७ अष्ट्रेलियन डलर वार्षिक

१० - फाईनान्सियल ईन्भेष्टमेन्ट अड्भाईजर तथा म्यानेजरहरू एकलाख ९१ हजार ८६ अष्ट्रेलियन डलर वार्षिक

यसबाहेक अष्ट्रेलियामा एकजनाको न्यूनतम आमदानी वर्षको ५५ हजार जति हुने गर्दछ। अष्ट्रेलियामा कोभिड पछी काम नपाएका बेरोजगारहरूका लागी पनि वार्षिक ५५ हजार बराबर नै भत्ताको व्यवस्था हुनुपर्ने भन्ने खालका माग उठ्न थालेका छन्। 

Post a Comment

Previous Post Next Post

Cookie Policy!

Our Website uses cookies from Google to deliver services and to analyze traffic.

Google Cookie Policy