एआईले बदल्यो जिन्दगी, ३० दिनमा १६ लाखको लाभ

 पछिल्लो समय एआईको  प्रयोग मानिसहरुले जीवनका धेरै पक्षमा गर्न थालेका छन्। पढाई देखी व्यापार अनि बजारीकरण देखी घर गृहस्थी सम्म एआईको प्रयोग हुन थालेको छ। अमेरिकामा यस्तै एआईको प्रयोगले एक महिलाले ३० दिनमा नै १६ लाखको लाभ प्राप्त गरेकी छिन्। उनले एआई टुल च्याट जिपीटीको प्रयोगले जीवन र खर्च व्यवस्थित गरेर २३ हजार डलर अर्थात् नेपाली करिब ३२ लाख बराबरको फाईदा गरेकी छिन्। 

Tiktoker made 11k dollars in 30 days
छोरीका साथमा जेनिफर। फोटो: टिकटोक

अमेरिकाकी ३५ वर्षिय जेनिफर एलनले यसखालको आर्थिक लाभ च्याट जिपीटीबाट गर्न सफल भएको समाचार अहिले विश्वभर चर्चामा रहेको छ। अमेरिकामा रियलस्टेट तथा कन्टेन्ट क्रियशनको काम गर्ने उनले छोरी पाएसँगै उनको खर्चमा भएको वृद्धिबाट सृजना भएको २३ हजार डलरको ऋण च्याट जिपीटीको मदतले चुक्ता गरेर यसखालको लाभ लिएकी हुन्। उनले बच्चा पाएपछी थपिएको स्वास्थ्य सम्बन्धी खर्च र अरू घरायसी खर्चका कारण क्रेडिटकार्डमा ऋणका रुपमा जम्मा भएको २३ हजार डलर च्याट जिपीटी च्यालेन्जको माध्यमबाट चुकाएकी समाचारमा उल्लेख छ। 

अमेरिकाका धेरै जस्तै उनलाई पनि कुनै पर्सनल फाईनान्सको राम्रो ज्ञान थिएन। काम र कमाईले आरामको सामान्य जिन्दगी चलिरहेको थियो। उनको आर्थिक अवस्था बिग्रन थालेपछी र ऋण थुप्रन थालेपछी उनले च्याट जिपीटीको सहायता लिईन। सुरूमा उनले ३० दिनको फाईनान्स च्यालेन्ज सुरू गरिन। जसमा उनले आफ्ना हरेक खर्चका बारेमा च्याट जिपीटीबाट सुझावहरू पाउन थालिन। च्याट जिपीटीले उनलाई साना साना खर्चहरू कसरी कम गर्ने भन्ने आईडिया दियो। जस्तै कि अनावस्यक सब्सक्रिप्सन बन्द गर्न, बिर्सेका आकाउन्टहरूका बारेमा जानकारी राख्न, सस्तो र स्वस्थ खानाको योजना साथै फुर्सतको समयलाई सदुपयोग गरेर पैसा कमाउन। 

यस्तै सुझाव मध्येको एउटाले उनलाई पुराना एकाउन्टहरू चेक गर्न मदत गरयो, जहाँ उनले ब्रोकेज एकाउन्टमा १० हजार डलर अर्थात् करिब साडे १३ लाख रूपैंया रहेको फेला पारिन। जुन उनलाई थाहा नै थिएन। यदी च्याट जिपीटी नचलाएको भए उनले त्यो पैसा कहिल्यै पत्तो नै पाउने थिईनन्। च्याट जिपीटीबाट उनले अर्को पाएको सीप हो पैंट्री बेस्ड मिल प्लान। यसमा उनले आफ्नो घरमा भएको सामानहरुबाट नै कसरी स्वादिष्ट र स्वस्थ खाना बनाउने भन्ने ज्ञान पाईन। जसले उनको मासिक घर खर्चमा ८० हजार रूपैंया जस्तो बचत हुने अवस्था बन्यो।

च्याट जिपीटीको मदतले उनले ३० दिन अर्थात् एक महिनामा करिब १६ लाख रूपैंया अर्थात् १२ हजार डलको ऋण तिर्न सफल पनि भईन। उनले च्याट जिपीटीको प्रयोगबाट साना साना खर्च कटौती मात्र गरिनन्। आफ्नो आर्थिक अवस्था जान्ने र त्यस अनुसारको खर्च योजना बनाउन पनि सिकिन। जसले गर्दा उनको कमाई र खर्चमा बचतको मात्रा पनि बढ्न थाल्यो। यो कुनै चमत्कार हैन, मैले अंकहरूबाट डराउन भन्दा त्यसमा खेल्न सिकेको परिणाम हो उनले भनिन्। उनले मात्र ३० दिनमा आफ्नो ऋणको आधा हिस्सा तिरिसकेकी छिन्। अब उनी अर्को ३० दिने च्यालेन्जको तयारीमा छिन् जसले उनलाई सबै ऋण तिर्न मदत गर्नेछ। च्याट जिपीटी कै कारण उनले आत्मनिर्भर अनुभव गरेको बताएकी छिन्। अमेरिकामा पर्सनल लोन १८ दशमनलब दुई ट्रिलियन पुगेको छ।

जेनिफरको डेब्ट फ्रि जर्नी टिकटोकमा यता हेर्नुहोस्: 



 

@_jenn.allan Make a debt payment with me, link in bio for the tracker I use #creditcards #paydowndebt #debtpayoff #debtfreejourney #chatgpt ♬ original sound - Jenn|Debt Free Journey 💸

Post a Comment

Previous Post Next Post

Cookie Policy!

Our Website uses cookies from Google to deliver services and to analyze traffic.

Google Cookie Policy