पसलमा आएकी ग्राहकलाई जबरजस्ती करणी गर्ने तिम्सिनालाई जेल

अष्ट्रेलियाको राजधानी क्यानबेरामा एक नेपालीलाई बलात्कार प्रकरणमा दोषी पाईएपछी जेल सजायँ भएको छ। अष्ट्रेलियन क्यापिटल टेरिटरी सुप्रिम कोर्टले जबरजस्ती करणीको अभियोगमा दोषी ठहर गर्दै तीन वर्षको जेल सजायँ तोकेको छ। उनले क्यानबेराको बेल्कोननमा रहेको स्टोरमा खरिदका लागी आएकी युवतीलाई जबरजस्ती करणी गरेका थिए। सन् २०२२ को नोभेम्बरको यो घटनामा ३१ वर्षका अभिशेक तिमिल्सिनाले आफूले काम गर्ने 'आर्ट शप'मा पसल भन्दा हुन भन्दा २० मिनेट अगाडी ग्राहकलाई पसल बन्द गरेर भित्र 'स्टाफ रूम'मा लगेर जबरजस्ती गरेका थिए। 

canberra man jailed Nepali photo:abc news

अष्ट्रेलियाका संचारमाध्यमले कला सामग्री खरिदका लागी पुगेकी २४ वर्षिय युवतीलाई कलाको बारेमा कुरा गर्दै फोटो खिच्ने बहानामा पसल भित्र लगेका थिए। उनले युवतीलाई भित्र लगेपछी पसलको ढोका बन्द गरेको समाचारहरूमा उल्लेख छ। उनले युवतीलाई भित्र लगेर उनलाई चुम्बन गर्न चाहेको बताएका थिए। तर युवतीले त्यसको जबाफ दिन समेत नदिएको उल्लेख छ। यो मुद्दामा अदालतलाई निर्णयमा पुग्न निक्कै समय लागेको थियो। अदालतले गठन गरेको जुरीले पहिलो सुनुवाईमा निर्णय लिन सकेको थिएन। जुरीले गत जुनमा यसबारेमा निर्णय लिएको थियो। 

तिम्सिनाले ति युवतीलाई पसलको स्टाफ रूममा लगेर दुई पटक जबरजस्ती करणी गरेका थिए। जहाँ ति महिलाले उनको प्रतिकार गरेको समेत अदालतमा जाहेर गरिएको समाचारमा उल्लेख छ। 


एबीसीको समाचार विस्तृतमा यता पढ्नुहोस्ः 

Canberra man jailed for raping customer in mall art shop where he worked

Post a Comment

Previous Post Next Post

Cookie Policy!

Our Website uses cookies from Google to deliver services and to analyze traffic.

Google Cookie Policy