अष्ट्रेलियाको भिजा तथा नागरिकताबारे काम कारवाही गर्ने निकायले पालन गराउने कानुन 'माईग्रेसन एक्ट १९५८'मा भएको व्यवस्था अनुसार अष्ट्रेलियाको भिजाका लागी नक्कली बिहे गर्ने वा डिपेन्डेन्ट (डिफ्याक्टो) सम्बन्ध स्थापना गरेको प्रमाणित गराउनेलाई १० वर्षको सजायँको व्यवस्था गरेको छ। त्यसो त १००० पेनाल्टी युनिट अर्थात् तीनलाख तीस हजार डलर सम्म जरिवाना हुनसक्छ। साथै दुवै सजायँ पनि हुने व्यवस्था छ। यस्तो सजायँ नक्कली बिहे गरेर पीआर पाएपनि वा नपाए पनि हुनसक्छ। जानी जानी दुईजना साँच्चैका लोग्नेस्वास्नी हैनन् र भविष्यमा दुई जनाको घरबार भएर बस्ने अवस्था छैन तर भिजाका लागी यो सबै गरिदिने व्यक्तिलाई समेत सोही अनुसारको सजायँ हुने व्यवस्था रहेको छ।
अष्ट्रेलिया जानका लागी नेपालमा नक्कली बिहे गर्नु सामान्य नै भईसकेको छ। त्यसमा पनि त्यस्ता खाले नक्कली बिहेलाई स्वीकार्य बनाउन 'डिपेन्डेन्ट' अनि 'डिपेन्डेन्ट भिजा'को लागी कागजी बिहे गरेको भनेर भन्ने गरेको पनि पाईन्छ। तर, भिजाको लागी भनेर नक्कली सम्बन्ध र बिहेको कागजात बनाउनु अनैतिक त हो नै गैर कानुनी पनि हो। यसरी नक्कली बिहे गरेर अष्ट्रेलियाको भिजा लिन खोजेको खुलेको खण्डमा अष्ट्रेलियामा गम्भिर कानुनी कारबाही हुन्छ।
Post a Comment