तासमानियामा कोठा पाउन गाह्रो, कोठा मिलाईदिनेलाई हजार डलर पुरस्कार

 

अष्ट्रेलियामा बस्ने नेपाली विद्यार्थीहरू यतिखेर टापु राज्य तासमानिया जाने क्रम बढेको छ। विभिन्न माईग्रेसन एजेन्टका सल्लाह र दिर्घकालिन रूपमा नै अष्ट्रेलिया बस्ने चाहना पुरा होला भन्ने आशाका साथ धेरै नेपालीहरू अष्ट्रेलियाका प्रमुख शहरहरूबाट तासमानिया जाना थालेका छन्। नेपालीहरूको संख्या तासमानियामा बढ्न थालेसँगै तासमानियामा कोठा र घर भाडामा पाउन गाह्रो परेको छ। 

No room in Tasmania



तासमानियामा बस्ने नेपालीहरूको फेसबुक ग्रुप नेपलिज ईन तासमानिया (https://www.facebook.com/groups/NepaleseinTasmaniaमा कोठा मिलाई दिनेलाई एक हजार डलरको पुरस्कार दिने घोषणा नै गरेका पोस्टहरू देखिन थालेका छन्। १२ हजार भन्दा बढी नेपाली जोडिएको ग्रुपमा तासमानियामा बस्ने नेपालीहरू जोडिएका छन्। जसमा काम तथा कोठा खोज्नेहरूको संख्या धेरै छ। 


Nepalese in Tasmania Group room advertisement

कपललाई कोठा पाउनै गाह्रो  


अरू राज्यहरूमा सिंगल केटाहरूलाई सेयरिंगमा कोठा पाउन गाह्रो भएपनि तासमानियामा अष्ट्रेलियाका अरू शहरबाट गएका कपलहरूलाई सेयरिंगमा कोठा पाउन मुस्किल छ। त्यसो त बच्चा भएका कपललाई कोठामा सेयरिंगमा राख्न नचाहनेको संख्या पनि धेरै छ। तासमानियामा अरू शहर तथा राज्यबाट आएकाहरूले घर सफा नगर्ने र धेरै पार्टि, साथीहरू बोलाउने हुनाले घर तथा कोठा सेयरिंगमा राख्न नहुने मत पनि धेरैले व्यक्त गरेका छन्। अरू राज्यमा पैसा कमाएर पीआरका लागि तासमानिया जानेहरूले देखाउने हाईफाईले पनि मानिसहरू वाक्क भएका हुन भन्ने धेरैको भनाई रहेको छ। 

Post a Comment

Previous Post Next Post

Cookie Policy!

Our Website uses cookies from Google to deliver services and to analyze traffic.

Google Cookie Policy