यस्ता छन् मेवा खाँदाका फाईदा

परापूर्व कालदेखि नै मेवाको पातहरू घाउ सफा गर्न, दाद र दुखाई निको पार्न प्रयोग गरिँदै आएको पाईन्छ । यसको जरामा पिसाब लगाउने शक्ति हुन्छ । मेवाका रुखको प्रत्येक भागमा कुनै न कुनै औषधिय गुण पाईन्छ ।

मेवामा पर्याप्त मात्रामा क्यारोटेन नामको तत्व हुन्छ, जसले शरीरमा भिटामिन ए बनाँउछ । यसमा पोटासियम पनि पर्याप्त मात्रामा हुन्छ । साथै भोजन पचाउन चाहिने विभिन्न तत्व हुन्छन् । काँचो मेवा खानाले कब्जियतबाट छुट्कारा दिलाउँछ । पाकेको मेवा कलेजोको विभिन्न समस्या समाधानका लागि लाभदायक हुन्छ ।

papaya


झाडापाखाला लागेमा बेलामा पाकेको मेवाको सेवनले पाखाला बिस्तारै कम हुन्छ । कब्जियतमा पाकेको मेवाको २० देखि २५ वटा बीउ १० देखि १५ दिनसम्म दिनको २ पटक खाँदा कब्जियत हट्छ । मेवाको पातलाई आगोमा तताएर दुखेको ठाँउमा राख्दा दुखाई कम हुन्छ ।
मेवा रक्तअल्पता अर्थात् शरिरमा रगतको मात्रा कम हुँदा पनि प्रयोग गर्न सकिन्छ ।

रक्तअल्पता हुँदा मेवाले औषधिको काम गर्छ । काँचो मेवाको तरकारी र पाकेको मेवा दिनमा २/३ टुक्रा खाँदा सुत्केरीको दुध बढाउँछ । शरीरमा रगतको मात्रा वृद्धि गर्छ । यसका साथै मेवा खाँदा अन्य थुप्रै फाइदाहरु हुन्छन । पढ्नुस १५ फाईदा 

१. तौल घटाउन

उच्च पोषण र न्युन क्यालोरी हुने भएकाले तौल घटाउन चाहनेका लागि मेवा निकै लाभदायी मानिन्छ ।

२.कन्स्टिपेसन

मेवा कन्स्टिपेसनका लागि अचूक औषधि हो । यसले खानालाई प्राकृतिक रुपमा पचाउन मद्दत गर्छ ।

३. मिर्गौलाको समस्या

विषसेवनका कारण मिर्गौला फेल भएको अवस्थामा मेवाले पुनः पूरानै अवस्थामा फर्काउन मद्दत गर्छ । यसमा भएका एन्टिअक्सिडेन्ट र अक्सिडेटिभले मिर्गौलालाई फेल हुनबाट बचाउछ ।

४. पेटको समस्या

मेवाको बियाँ पेटको रोगका लागि औषधिको रुपमा प्रयोग हुन्छ । यसले पेटका जुका तथा परजीवीलाई मार्छ ।

५. कोलस्टेरोल

अधिक मात्रामा फाइबर पाइने भएकाले यसले रगतको कोलस्टेरोल मात्रा घटाउछ । यसमा भएको इन्जाइमले कोलस्टेरोलको अक्सिडाइजेसनबाट रोक्छ, जसबाट हृदयाघात हुने सम्भावना कम हुन्छ ।

६ मलद्वारसंबन्धी समस्या

मेवाको जुस मलद्वारको संक्रमण हटाउन काम लाग्छ । तर, उपचारका लागि यसको नियमित प्रयोग गर्नुपर्छ ।

७. छाला

मेवा छालाका लागि निकै लाभदायी मानिन्छ, यो फेसप्याकको रुपमा प्रयोग गर्न सकिन्छ । यसले छालाको जलन र संक्रमणबाट मुक्ति दिन्छ । फर्मेन्टेशन गरिएको मेवाको बोक्राले मरेका छालालाई पुनर्जीवन प्रदान गर्दै ताजा र चम्किलो राख्छ । छाला चोटमा पनि यो लाभकारी हुन्छ ।

८. बिहानीको वाकवाकी

खासगरी गर्भवती महिलामा बिहानपख देखिने वाकवाकीको समस्यामा यो काम लाग्छ । बिहान एउटा सानो टुक्रा मेवा खानाले वाकवाकी र अरूची हट्छ ।

९. गर्भनिरोधक

भाले लंगुरमा गरिएको एक अध्ययनले मेवामा गर्भनिरोधक क्षमता पनि भएको पाइएको छ । त्यसैले पुरुषले मेवा प्रयोग गरेको अवस्थामा सहवास भएकामा तत्काल गर्भ रहने सम्भावना कम हुन्छ ।

१०. प्रतिरोधी क्षमतावृद्धिमा

यो भिटामिन ए र भिटामिन सी को भण्डार नै हो, यसले शरीरको रोगप्रतिरोधी क्षमतामा वृद्धि गर्छ, खासगरी ज्वरो, रुघाखोकी भइरहने बिरामीलाई यो काम लाग्छ ।

११. चाया हटाउन

मेवाका तत्व मिसाइएको स्याम्पु चाया हटाउन निकै लाभकारी हुन्छ ।

१२. रजस्वला अनियमितता

मेवाको नियमित सेवनले महिलाको मासिक धर्मलाई पनि नियमित बनाउछ ।

१३. कलेजोको क्यान्सर

यसले क्यान्सरको कोषको वृद्धिमा ढिला गराउछ र कलेजोलाई बचाउछ ।

१४. हाडजोर्नी

जलनशिलविरुद्धका इन्जाइम हुने भएकाले यसले दुखाई कम गर्न मद्दत पु¥याउछ , खासगरी आर्थराइटिस, ओस्टियोपोरोसिस भएका बिरामीमा यो लाभदायीमानिन्छ । यसमा क्यान्सरसंग लड्ने क्षमता पनि हुन्छ ।

१५. चाउरीपन

मेवामा भएको एन्टिअक्सिडेन्टले उमेर अगावै छाला चाउरी पर्ने समस्याबाट मुक्ति मिल्छ । यसले मानिसलाई युवा बनाइराख्छ ।


Post a Comment

Previous Post Next Post

Cookie Policy!

Our Website uses cookies from Google to deliver services and to analyze traffic.

Google Cookie Policy