अष्ट्रेलियामा पाकेटमार्ने नेपाली ग्याङ प्रहरीको फन्दामा

अष्ट्रेलिया जाने नेपालीको संख्या निक्कै धेरै छ। केही समय अघि अष्ट्रेलियाले सजिलै भिजा दिन थालेपछी कताको भिजा नलागेका पनि अष्ट्रेलिया गए भनेर अष्ट्रेलिया जानेलाई उडाउनेको पनि कमि थिएन। अष्ट्रेलियामा नेपालीहरूको संख्या बढेसँगै अनेकन गैरकानुनी र आपराधिक काममा नेपालीहरू संलग्न घटनाहरू पनि बाहिर आउन थालेका छन्। त्यस्तैमा सिड्नीमा सुरू हुन लागेको वार्षिक पर्यटकीय गतिविधी 'भिभिड सिड्नी' सुरू हुनै लाग्दा नेपालीहरू सिड्नीमा पेशेवर पाकेटमारका रूपमा पनि काम गर्न थालेको खुलेको छ। 

Pick Pocketing

सिड्नीमा हरेक वर्ष आयोजना हुने प्रकाशोत्सवको पूर्व संध्यामा प्रहरीले 'भिभिड सिड्नी'को प्रकाशोत्सव हेर्न जानेहरुलाई 'पाकेटमार'हरूबाट जोगिनको भनेको छ। प्रहरीले गतवर्षको सिड्नी प्रकाशोत्सवमा पाकेटमारी गर्नेहरूको प्रहरीले पहिचान गरेको र त्यसमा कम्तिमा पाँच नेपाली नागरिकको 'ग्याङ' रहेको द टेलिग्राफले जनाएको छ। नेपालीहरूको ग्याङ पाकेटमारीमा निक्कै सक्रिय रहेको पनि उल्लेख छ। यसपटकको 'भिभिड सिड्नी' हेर्न आउनेहरूलाई उनीहरूले 'टार्गेट' गर्न सक्ने भन्दै सतर्कता अपनाउन पनि भनिएको छ। 

टेलिग्राफ अखबारले न्यू साउथवेल्स प्रहरीका डिटेक्टिभ सुपरिटेण्डेन्ट मार्टिन फिलम्यानलाई उदृत गर्दै लेखेको छ, यो पुरानो जमानाको अपराध हो, तर यो समुह निक्कै दक्ष र सक्रिय रहेको गत वर्ष हामीले देख्यौं। गएको वर्षको 'भिभिड सिड्नी'मा मानिसहरुले आफूहरूको सामान चोरिएको तथा लुटिएको उजुरी गरेपछी प्रहरीले यसबारेमा अनुसन्धान गरेर पाकेटमार समुहको पहिचान गरेको हो। 

अखबारका अनुसार १८ पीडितहरूले उनीहरुको पाकेट मारिएको उजुरी गरेका थिए भने अर्को ३५ जनाले आफ्नो सामान चोरिएको भन्दै प्रहरीमा गएका थिए।  डिटेक्टिभ सुपरिटेण्डेन्ट फिलम्यानले अखबारलाई विदेशबाट आएका पाकेटमारको समुहले सिड्नीका प्रमुख पर्यटकीय क्षेत्रमा पर्यटकहरूको पाकेटमार्ने गरेको प्रहरीको जानकारीमा आएको बताएका छन्। यस्ता पाकेटमार समुहले कसको सामान चोर्ने हो त्यसको पहिचान गर्ने, जम्मा भएर घेर्ने, एउटाले ध्यान तान्ने र अर्कोले सामान खोसेर भागि समुहको अर्को व्यक्तिलाई दिने गरेर पाकेटमार्ने कामलाई फत्ते गर्ने गरेका छन्। प्रहरीले यस्ता पाँच पाकेटमारलाई पक्राउ गरे पनि ३० वर्षका विनोद कुमारमात्र दोशी सावित भएर १५ महिनाको 'करेक्सन्स अर्डर'मा रहेका छन्।

Post a Comment

Previous Post Next Post

Cookie Policy!

Our Website uses cookies from Google to deliver services and to analyze traffic.

Google Cookie Policy