अष्ट्रेलियामा विद्यार्थीलाई तनाब, पीआर पाउनै मुस्किल

अष्ट्रेलिया पढ्नका लागि जाने विद्यार्थीलाई अष्ट्रेलियाले पढाएर आफ्नै देश फर्काउने नीति लिएको छ। आज सार्वजनिक भएको अष्ट्रेलियाको नयाँ भिजा सम्बन्धी नीतिले अष्ट्रेलियामा भिजा माथि भिजा थप्दै बस्ने विद्यार्थीहरूलाई घर पठाउनका लागि अष्ट्रेलिया बाटै पटक पटक ‘स्टुडेन्ट भिजा’ अप्लाई गर्न नदिने भएको हो। 


student crying at Sydney Opera House


अष्ट्रेलियाको गृहमन्त्री क्लेर ओनेलले प्रेस विज्ञप्ति जारी गरेर सरकारले भिजा माथि भिजा थपेर बस्ने माथि गत वर्ष देखी लिएको नीतिलाई थप बलियो बनाउँदै थप छिद्रहरू बन्द गरिएको बताईन। पढ्ने बहानामा स्टुडेन्ट भिजा थपेको थप्यै गरेर अष्ट्रेलियामा काम गरेर बस्ने विद्यार्थीहरुको संख्या २०२२-३ मा एकलाख पचास हजार भन्दा बढि रहेको उनको विज्ञप्तिमा उल्लेख छ। 

लामो समय सम्म विद्यार्थी भिजामा बस्ने, पीआर पाउन पनि नसकेका र घर पनि नफर्कने विद्यार्थीहरूको कारण अष्ट्रेलियाको आवास व्यवस्थालाई मार परेको आरोप लाग्दै आएको छ। धेरै विद्यार्थीहरूले पढाई सकेपछी पाएको काम गर्ने सुविधाको भिजा ‘पोस्ट ग्र्याजुयट वर्क परमिट’ टीआर भिजा सकेपछी पनि फेरी विद्यार्थीमा नै फर्कने गरेका थिए। अष्ट्रेलियाका जनसंख्याविद पीटर म्याकडोनाल्डले सरकारले स्थायी बसोबासका लागी दिने भिजाहरूको संख्या घटाउनु भन्दा लामो समय देखी विद्यार्थी भनेर काम गरेर बसेका अस्थायी भिजा हुनेहरूलाई कोर्स माथि कोर्समा भर्ना भएर बस्न रोक्नुपर्ने सुझाव दिएका थिए। 

अष्ट्रेलिया सरकारले हालै मात्र विद्यार्थीहरूलाई दिईएको जति पनि काम गर्न पाउने सुविधा हटाएको थियो। त्यसो त अघिल्लो सरकारले लामो समयको ‘पोस्ट ग्र्याजुयट वर्क परमिट’ टीआर भिजाको समयावधि पनि घटाएको छ। पढाई सकेर आफ्नो क्षेत्रमा दक्ष बनेर जागिर गर्न नसक्नेहरूलाई अहिले सरकारले लिएको नीतिले घर फर्कन पर्ने प्रष्ट बाटो दिएको मन्त्री ओनेलले बताएकी छिन्। 


नेपालीले पीआर पाउन पनि मुस्किल छ


अष्ट्रेलियाले गरेको आफ्नो माईग्रेसन नीति पुनरावलोकनले धेरै विद्यार्थीलाई पीआर पाउन मुस्किल हुने देखिएको छ। अब अष्ट्रेलियाको पीआर पाउनको लागी राम्रो पढाई, आफ्नै क्षेत्रमा जागिर र अब्बल अंग्रेजी क्षमता हुनुपर्छ। त्यसका लागी विद्यार्थीले पढेकै समयमा सीप विकास र आफ्नै क्षेत्रमा जागिर गर्न आवश्यक हुन्छ। नेपालबाट जाने विद्यार्थीमा पढाई अनुसारको सीप साथै भाषाको समस्याले उनीहरूलाई जागिर पाउन नै मुस्किल रहेको छ। अबको व्यवस्थाले पढाई सकेपछीको दुई वर्ष भित्रमा नै पीआर पाउन नसके विद्यार्थीहरू नेपाल नै फर्कन पर्नेछ। किनभने अहिले जस्तो अष्ट्रेलियामा नै बसेर अरू भिजा हाल्न मिल्दैन। 


अष्ट्रेलिया सरकारले नयाँ गरेको घोषणा र परिवर्तन १ जुलाई २०२४ बाट लागु हुनेछ।   



Post a Comment

Previous Post Next Post

Cookie Policy!

Our Website uses cookies from Google to deliver services and to analyze traffic.

Google Cookie Policy