जनवरीमा तासमानीयामा नेपाली दूतावासको पासपोर्ट घुम्ति सेवा, यस्ता छन् ध्यान दिनुपर्ने कुरा

तासमानीयामा बस्ने नेपालीहरूको लागी नेपाली राजदूतावास क्यानबेराले होबार्ट र लन्चेस्टनमा पासपोर्ट बनाउनका लागी घुम्ति सेवा दिने भएको छ। गैरआवासिय नेपाली संघ तासमानीया राज्य कमिटी (एनआरएनए तासमानीया)को सक्रियतामा नेपाली राजदूतावासले २०२५ जनवरीको १४ देखी १८ सम्म पाँच दिन घुम्ति सेवा दिन लागेको हो। तासमानीयामा हुने पाँच दिने घुम्ति शिविरका तीन दिन होबार्टमा र दुई दिन लन्चेस्टनमा हुनेछन्।

Nepal Embassy Canberra Passport Camp Tasmania
घुम्ति सेवामा नेपालको पासपोर्ट नविकरण, नयाँ पासपोर्ट लिने देखी राजदूतावासले प्रदान गर्ने अरू सेवाहरू लिन सकिनेछ। तर, पाँच वर्ष भन्दा कम उमेरका बच्चाहरूको पासपोर्टको काम भने घुम्ति शिविरबाट नहुने भएको एनआरएनए तासमानियाले जनाएको छ। शिविरको सेवा प्राप्त हुने स्थान (भेन्यू) भने अहिले नै निश्चित भएको छैन।

शिविरका बारेमा ध्यान दिन पर्ने कुराहरू:

1. नेपाली पासपोर्ट नवीकरण गर्दा $230 शुल्क लाग्ने छ भने हराएको, चोरिएको, वा बिग्रिएको पासपोर्ट बनाउन $460 लाग्नेछ। साथै, सेवा सुविधाका लागि थप $50 शुल्क लाग्नेछ।

2. आवेदनकर्ताहरूको सामान्य दर्ता (General Registration) दूतावास र एनआरएनए तासमानियाले 14 डिसेम्बरसम्म संकलन गर्नेछ।

3. Pre-Enrolment बुकिङ (Embassy को अनलाइन फारम सबमिशन) आवेदनकर्ताहरूले 15 डिसेम्बरदेखि 23 डिसेम्बरसम्म बुझाइसक्नुपर्नेछ।

4. आवेदन संकलन गर्दा दूतावास र एनआरएनए तासमानियाले 6 महिनाभन्दा कमको म्याद बाँकी भएको पासपोर्टलाई पहिलो प्राथमिकता (First Priority) सूचीमा राख्नेछ, भने 1 वर्षभन्दा कमकोलाई दोस्रो प्राथमिकता (Second Priority) सूचीमा राख्नेछ।

5. पाँच वर्षभन्दा कम उमेरका बालबालिकाहरूको दर्ता यस घुम्ती सेवामा Embassy ले स्वीकार नगर्ने भएको छ। यसबारे थप जानकारीका लागि Embassy of Nepal, Canberra मा सम्पर्क गर्न सकिने छ।

6. Embassy को अनलाइन फारम र राजस्व NRNA Tasmania ले 24 डिसेम्बरदेखि 31 डिसेम्बरसम्म संकलन गरिसक्नेछ।

7. एनआरएनए तासमानियाले राजस्व भुक्तानी Embassy लाई 1 जनवरीदेखि 10 जनवरीसम्म बुझाइसक्नेछ।

8. नेपाली राजदूतावास ले 10 जनवरीसम्म सबै विवरण प्रमाणित गरिसक्नेछ भने 31 डिसेम्बरपछि आएको दर्ता स्वीकार गर्ने छैन।

आवेदनकर्ताहरूको सामान्य दर्ता (General Registration) विवरण संकलनका लागि तलको लिंकबाट आफ्नो विवरण पठाउनु पर्नेछ:

तासमानियामा हुने नेपाली राजदूतावासको शिविर र यसका सेवाहरू बारेमा थप जान्नको लागी तलका नम्बरहरुमा सम्पर्क गर्नुहोस्:


Hobart Contact Details:
Asmika Shrestha -0404212040
Christina Pradhan- 0449801299
Sujan Wagle - 0434164304
Uttam Adhikari- 0452296713
Jagadish khadka- 0451512329
Launceston Contact Details:
Prayas Karki - 0451513849
Aarju Rijal Rajak - 0424550552
Arjun Shrestha - 0424 214 875

Post a Comment

Previous Post Next Post

Cookie Policy!

Our Website uses cookies from Google to deliver services and to analyze traffic.

Google Cookie Policy