अष्ट्रेलियामा फेरी लुटियो नेपालीको सुन पसल

अष्ट्रेलियाको ब्रिजबेन शहरमा रहेको नेपालीको सुन पसल लुटिएको छ। चार हतियार सहितका लुटेराले ब्रिसबेनको ग्याम्पी रोड चर्मसाईडमा रहेको श्री गणेश ज्वेलरी मंगलबार साँझ पाँच बजे लुटेको क्विन्सल्याण्ड प्रहरीले जनाएको छ।

jewellers brisbane robbery
Screengrab: 7news

पसलका संचालक बिजय सुनार लुटेराको आक्रमणबाट घाईते भएर अस्पतालमा उपचाररत छन्। लुटेराहरूले उनको टाउकोमा ह्यामरले धेरै पटक हिर्काएकोले उनलाई उपचारका लागी रोयल ब्रिसबेन एण्ड ओमन्स हस्पिटल लगिएको छ। जहाँ उनको सर्जरी गरिएको छ र अहिले अवस्था स्थिर रहेको छ।

प्रहरीले लुटेराले पसलमा रहेका क्याबिनेटका सिसाहरू फुटालेको र सुनका गहनाहरू लुटेको जनाएको छ। उनीहरू पसल लुटेर केही दिन अघि चोरी गरेको होण्डा सिआरभीमा चढेर भागेको क्विन्सल्याण्ड प्रहरीको विज्ञप्तिमा उल्लेख छ। घटनाका बारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ। केही साता अघि पनि ब्रिजबेनको लटवीचमा रहेको पोखरा बाराही ज्वेलरी लुटिएको थियो। 


@nepalipage अष्ट्रेलियामा फेरी लुटियो नेपालीको सुन पसल #nepalese #nepali #nepaleseinaustralia #NepaleseAustralian #nepalesejwellery #brisbane ♬ original sound - NepaliPage

Post a Comment

Previous Post Next Post

Cookie Policy!

Our Website uses cookies from Google to deliver services and to analyze traffic.

Google Cookie Policy